दुर्घटनामा तरुण दलका अध्यक्ष घाइते, श्रीमतीको मृत्यु

बझाङ : मोटरसाइकल दुर्घटनामा बझाङका तरुण दलका अध्यक्ष विष्णु ऐडीकी श्रीमती ३० वर्षकी उजेली ऐडीको मृत्यु भएको छ। उनका तीन वर्षका छोरा र विष्णु ऐडी घाइते भएका छन्।

बिहीबार धनगढीबाट बझाड घर जान लागेका विष्णुको भे.न.प. ६७८१ नम्बरको मोटरसाइकल साँझ घर पुग्ने बेला छविसपाथीभेरा गाउँपालिका-५ को खोलागाड भन्ने स्थानमा दुर्घटना भएको हो। विष्णुको घर पनि सोहि गाउँपालिका कडेलमा पर्छ।

उनकी श्रीमतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। विष्णु र उनको छोराको अहिले जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको छ। दुबैको अवस्था खतरामुक्त रहेको प्रहरी नायब उपरिक्षक गणेश बम्मले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सह-सम्पादक-सुवास आचार्य

व्यवस्थापक-नवराज नेपाली

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology