कोरोना संक्रमणबाट बच्न बुर्तिबाङ क्षेत्रमा सचेतना मुलक कार्यक्रम 

बागलुङ : बुर्तिबाङ राइजिङ युवा क्लवद्धारा कोरोना भाईरसबाट बच्नका निम्ति सर्वसाधारणमा जनचेतना मुलक कार्यक्रमसँगै माक्स वितरण गरेको छ ।

शुक्रबार बुर्तिबाङ प्राथमिक स्वास्थ्य कार्यालयमा जिल्ला स्वास्थ्य कार्यालय बागलुङको पहलमा हेल्थ डेक्स सञ्चालन गरेर कोरोना भाईरस विरुद्ध अभियान सञ्चालन अभियान सुरु गरीएकोमा शनिबारदेखि बुर्तिबाङ राईजिङ युवा क्ल्वले आफनै संस्थाको आर्थिक व्यवस्थापना माक्स निर्माण गरी सर्वसाधारणलाई वितरण अभियान थालिएको हो ।

माक्स वितरणसँगै कोरोना भाइसरको संक्रमणबाट बच्ने उपायका विषयमा समेत जानकारी गराइएको क्लवका अध्यक्ष सोम पौवी यामुले बताए ।

आज पहिलो दिनमा बुर्तिबाङ बजार आसपासमा गरी करिब ३ सय जनालाई मास्क वितरण र सचेतना कार्यक्रम गरीएको क्लबका महासचिव गोपाल महतले बताए । यो अभियान आफुहरुले केहिदिन सम्म निरन्तर सञ्चालन गरीने महतले बताए ।

त्यसैगरी इलाका प्रह्री कार्यालय बुर्तिबाङले सरकारले जारी गरेको आग्रह्लाई साथ दिँदै कोरोना भाइरस बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ । काठमान्डौ, बुटवल तथा विदेशबाट आएका व्याक्तिहरुमा कोरोनाको सँक्रमण हुने खतरा बढि भएका कारण खुलेयाम नहिँड्न आग्रह गर्दे सबैले आ–आफनो स्थानबाट कोरोना सँक्रमणबाट बच्न अपिल गरीएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रकाश भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सह-सम्पादक-सुवास आचार्य

व्यवस्थापक-नवराज नेपाली

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology