आजदेखि ग्यास सहज

काठमाडौं : राजधानीमा आइतबारदेखि ग्यासको अतिरिक्त बिक्री केन्द्र (आउटलेट) सञ्चालन हुँदै छ। नेपाल आयल निगमले एलपी ग्यास उद्योग संघको सहकार्यमा निम्न र मध्यम वर्गलाई राहत दिने उद्देश्यले अतिरिक्त बिक्री केन्द्र राख्न लागेको हो। २२ वटा ग्यास उद्योगले बिहान १० देखि ५ बजेसम्म ग्यास वितरण गर्नेछन्।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार कोरोना भाइरसको हल्लासँगै उपत्यकामा बसोबास गर्ने उच्च मध्यम वर्ग र उच्च वर्गले अत्यधिक संख्यामा खाना पकाउने ग्यासको सञ्चित गरेका छन्। यसले गर्दा निम्न वर्ग, अति निम्न वर्ग र मध्यम वर्ग समयमा सिलिन्डर पाउन सास्ती व्यहोर्न बाध्य छन्।

‘हामीले मागभन्दा दोब्बर परिमाण ग्यास आपूर्ति गरिरहेका छौं। त्यही परिमाणमा उद्योगबाट सिलिन्डर पनि बजारमा गइरहेका छन्। तर निम्न वर्गले सहज रूपमा सिलिन्डर पाउन सकेका छैनन्,’ पौडेलले भने, ‘तिनलाई लक्षित गरी संघको सहकार्यमा अवस्था सामान्य नहुँदासम्म अतिरिक्त आउटलेट व्यवस्था गरेका छौं।’

साबिकका डिपो, डिलर र बिक्री केन्द्र पनि पूर्ववत् सञ्चालनमा रहनेछन्।यस्ता आउटलेटबाट उपभोक्ताले खाली सिलिन्डर साटेर भरिएका सिलिन्डर तत्कालै प्राप्त गर्न सक्नेछन्। तर एकजना उपभोक्ताले एक थान मात्रै सिलिन्डर पाउने व्यवस्था गरिएको छ। निगमले प्रतिसिलिन्डर एक हजार तीन सय ७५ रुपैयाँ मूल्य तोकेको छ।

‘आउटलेटबाट एउटा उपभोक्ताले एक थानभन्दा बढी संख्यामा सिलिन्डर नपाउने व्यवस्था गरेका छौं,’ पौडेलले भने, ‘साँच्चिकै पीडामा रहेका,सहज रूपमा ग्यास नपाएर चुलोचौका बाल्न नपाएका समूहका लागि विशेष व्यवस्था गरिएको हो।’

संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार ग्यास रिफिलिङ गर्ने एउटा उद्योगले कम्तीमा राजधानीका तीन स्थानमा यस्तो आउटलेट सञ्चालनमा ल्याउने सहमति भएको छ।

निगमका अनुसार शनिबार उपत्यका केन्द्रित ग्यास उद्योगका लागि ३८ बुलेट आयात भएको छ। सुनौली नाकामार्फत १९ वटा र रक्सौल नाकामार्फत १९ बुलेट भिœयाइएको छ।भैरहवा नाकामार्फत बाबाको एक, भानुको एक, एभरेस्टको तीन, गीताको एक, गौरीशंकरको एक, जानकीको दुई, साइबाबाको दुई, श्रीकृष्णको एक, नेपालको तीन, नेप गण्डकीको एक, श्रीको एक, श्रीरामको दुईवटा बुलेट भित्रिएका छन्। रक्सौल नाकामार्फत श्री साइबाबाका दुई, बाबाका सात, साइबाबाको एक, चण्डेश्वरीको एक, श्रीकृष्णका चार, एचपीको एक, त्रिवेणीको एक, गौरीशंकरको एक, राजधानीका दुई, नेपालको ६, राजधानीको चार, ओमको दुई, सिद्धार्थको एक र सूर्यको एक थान बुलेट भित्रिएको छ।

निगमका कर्मचारी सरुवा

निगमले इन्धनको बिक्रीवितरणमा प्रभावकारी भूमिका खेल्न नसकेको अरोपमा दुई उच्च कर्मचारीको सरुवा गरेको छ। निगमले वितरण विभागका प्रमुख तथा प्रवक्ता वीरेन्द्र गोइत तथा थानकोट डिपोका प्रमुख विनितमणि उपाध्यायलाई सरुवा गरेको हो।

निगम स्रोतका अनुसार भारतबाट पर्याप्त परिमाणमा इन्धन आयात भए पनि गत सोमबार र मंगलबार पेट्रोल पम्पमा सर्वसाधारणको ठूलो लाइन लागेको विषयमा दुवै अधिकारीलाई सरुवा गरिएको हो।गोइतलाई जिम्मेवारीविहीन बनाएर प्रबन्ध निर्देशकको कार्यालयमा र उपाध्यायलाई थानकोट डिपोबाट केन्द्रीय कार्यालयमा सरुवा गरिएको छ। थानकोट डिपो प्रमुखमा अमलेखगन्जका क्षेत्रीय प्रमुख प्रदीप यादवलाई सरुवा गरिएको छ।

कुन कम्पनीको ग्यास कहाँबाट वितरण ? 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सह-सम्पादक-सुवास आचार्य

व्यवस्थापक-नवराज नेपाली

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology