बागलुङका श्रेष्ठले गरिदिए एक महिना रेष्टुरेण्टको भाडा मिनाहा

बागलुङ : विश्वव्यापी कोरोना भाईरसको प्रभावले काठमाडौं लगायतका देशका विभिन्न शहरमा घरभेटीले भाडा छुट दिईरहेको बेला बागलुङका एक व्यवसायीले पनि आफ्नो घरमा संचालन भएको रेष्टुरेण्टका लागि १ महिनाको भाडा मिनाह गरेका छन् ।

सदरमुकाम बागलुङ बजारमा व्यवसाय गर्दै आएका सामाजिक व्यक्तित्व कृष्णशंकर श्रेष्ठले आफ्नो घरमा रहेको ग्रिल एण्ड चिल रेष्टुरेण्टको चैत्र महिनाको भाडा छुट दिएका छन । कोरोनाको प्रभावले बजारमा व्यापार घटिरहेको र संकटमा एकताले जितिन्छ भन्ने उद्देश्यले चैत्र महिनाको भाडा छुट दिएको श्रेष्ठले बताए ।

रेष्टुरेण्टको मासिक २० हजार रुपैयाको दरले व्यवसायीले भाडा दिँदै आएका थिए । श्रेष्ठ र उनको परिवारले आफ्ना अन्य छाप्राको पनि एक महिनाको भाडा मिनाह गरिदिने बताएका छन ।

उनी नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि हुन भने विभिन्न सामाजिक संस्थामा पनि क्रियाशिल रहेका छन । श्रेष्ठ जिल्लामै पहिलोपटक घरभाडा छुट दिने मालिक हुन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सह-सम्पादक-सुवास आचार्य

व्यवस्थापक-नवराज नेपाली

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology