अमेरिकामा एकै दिन ९ हजार ९ सय बढी कोरोनाभाइरसबाट संक्रमित, मृतकको संख्या ५४५ पुग्यो

काठमाडौं : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अमेरिका पनि आक्रान्त बनेको छ ।

अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ३२ जनाको मृत्यु भएको छ  ।

हालसम्म अमेरिकामा ४३ हाजर ४ सय ६९ जना संक्रमित भएका छन् । जसमध्ये एकै दिनमा ९ हजार ९ सय ३ जना नयाँ संक्रमित देखिएका हुन् ।

अमेरिकामा २ सय ९५ जना उपचारपछि निको भएका छन् भने ४२ हाजर ६ सय २९ जना उपचाररत छन् ।

चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण यूरोपियन मुलुककमा गम्भीर अवस्थामा देखिएको छ ।

हालसम्म विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ हजार ४ सय ९५ पुगेको छ । ३ लाख ७८ हजार ४ सय ९२ जना संक्रमित भएका छन् । जसमध्ये १ लाख १ हजार ६ सय ८ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सह-सम्पादक-सुवास आचार्य

व्यवस्थापक-नवराज नेपाली

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology