लकडाउनको अवधिमा कोठाभित्रै सक्रिय बन्ने ५ उपाय

काठमाडौं : कोरोना भाइरस महामारीका कारण नेपालसँगै थुप्रै देश लकडाउन भइसकेका छन् । एक हप्ताको लकडाउनपछि पनि अवस्था सामान्यतर्फ फर्किने संकेत छैन । यदी संक्रमितको संख्या बढ्यो भने, वा हालको अवस्था नियन्त्रणमा आएन भने लकडाउनलाई नै लम्बाउने सरकारको तयारी भइरहेको छ ।

यदी लकडाउनको अवधि थप लम्बियो भने घरभित्रै वा बन्द कोठाभित्रै कसरी समय कटाउने त्यसबारे धेरैलाई चिन्ता लागेको हुनुपर्छ । यदी तपाईँ कोठाभित्र हुनुहुन्छ भने शारीरिक अभ्यास गर्न चाहिँ बिर्सनु हुँदैन ।

शारीरिक अभ्यासले तपाईँलाई स्वस्थ राख्नुका साथै होम क्वारेन्टाइनको अवधि कटाउन सहयोग मिल्छ । विश्व स्वास्थ्य संगठनले समेत शारीरिक अभ्यासको महत्वमा जोड दिएको छ । क्वारेन्टाइन जस्तो सिमित अवस्थामा रहँदा सक्रिय बन्नु तपाईँको शरीर र मस्तिष्कका लागि लाभदायी छ ।

सुतिरहनु वा बसिरहनु भन्दा शारीरिक अभ्यास धेरै नै उपयुक्त हुनेछ । विश्व स्वास्थ्य संगठनले एक वयष्क मानिसले हरेक दिन ३० मिनेट शारीरिक व्यायाम वा गतिविधि गर्नु उपयुक्त हुने सल्लाह दिएको छ । साथै बालबालिकाको लागि एक घण्टा । कोरोना महामारीका बेला धेरैले घरभित्रै बसेर काम गरिरहेको अवस्था पनि होला । तर डब्लुएचओले केही बस्ने वा अभ्यास गर्ने केही तरिका सुझाएको छ ।

अनलाइन एक्सरसाइज क्लास

शारीरिक अभ्यास गर्ने तरिका बारे भिडिओहरु तपाईँले सजिलै इन्टरनेटमा भेट्न सक्नुहुन्छ । उच्च कसरतका लागि ३० मिनेट चाहिन्छ । फिटनेसको लागि नियमित तालिका बनाउनु सक्रिय रहने उपयुक्त उपाय हो ।

फिटनेस विज्ञहरुले पनि दैनिक रुपमा शारीरिक अभ्यास गरेका भिडिओ सार्वजनिक गरिरहेका हुन्छन् । त्यस्ता भिडिओले तपाईँलाई उत्प्रेरित गर्नसक्छ ।

नाचगान

नाच्नु आफैँमा रमाइलो त हुँदै हो । एक शारीरिक अभ्यास पनि हो । तपाईँले यस्तो अवस्थामा मनपर्ने संगीतमा नाच्न सक्नुहुन्छ । जसले शरिरको बोसो घटाउनुका साथै रमाइलो पनि हुन्छ ।

भिडिओ गेम

भिडिओ गेम खेल्नाले पनि तपाईँको शारीरिक अभ्यासको तालिकालाई सघाउँछ । शारीरिक अभ्यासयुक्त भिडिओ गेम खेल्दा पनि सक्रिय रहन सकिन्छ ।

स्किपिङ रोप

स्किपिङ रोप सामान्य किसिमको शारीरिक अभ्यास हो । हेर्दा यो सामान्य लागे पनि यसले शरिर र मस्तिष्कलाई सक्रिय राख्ने काम गर्छ । साथै यसका लागि अत्याधिक शारिरीक बल प्रयोग भने हुँदैन । एक खेल जस्तो तरिकाले खेल्न सकिन्छ । यसलाई पनि नियमित तालिका बनाएर खेल्दा शरिर र मस्तिष्क तन्दुरुस्त बन्छ ।

मसल बलियो बनाउनु

घरमा सामान्य उपकरण छन् भने पनि तपाईँ मांशपेशी बलियो बनाउने किसिमका शारीरिक व्यायाम गर्न सक्नुहुन्छ । मसल बढाउने तालिम नै अनलाइन मार्फत लिन सक्नुहुन्छ । लकडाउनको अवधिभर तपाईँ खास तालिका नै बनाउन सक्नुहुन्छ । जसअनुसार शारीरिक व्यायाम र अन्य अभ्यास नियमित गरेरै एक सातासम्म वा दुई सातासम्म हरेक बिहान, साँझ कसरी व्यायाम गर्ने भन्ने आफैँ तय गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सह-सम्पादक-सुवास आचार्य

व्यवस्थापक-नवराज नेपाली

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology