ईश्वर सुवेदी
बागलुङ : जिल्लाको गलकोट नगरपालिका स्थीत गलकोट नमुना माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ ।
भवन उद्घाटन तथा सरस्वति पुजा कार्यक्रमको उद्घाटन गर्दै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले विद्यालयमा अध्ययन अध्यापनका लागि विद्यार्थि तथा अभिभावकको रोजाईको विद्यालय वनाउने गरि कार्यक्रम गर्नुपर्ने वताउनुभयो । उहाँले परम्परागत रुपमा हुदै आएको शिक्षण सिकाई क्रियाकलापलाई प्रविधिमैत्री रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
विद्यालयले शिक्षण सिकाईका लागि विद्यार्थि अभिभावक र शिक्षक विच सहकार्य गर्दै नतिजामुखि रुपमा शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्ने वताउनुभयो ।
कार्यक्रममा पुर्व सभासद् कुलराज शर्माले आफुले गरेको विकासलाई स्मरण गर्दै गलकोटलाई चिनाउने गरि विकासको काम संञ्चालन गर्नुपर्ने वताउनुभयो । उहाँले वर्तमान नेतृत्वको जिम्मेवारी गलकोटको पहिचान स्थापित गर्दै विकास गर्नु रहेको वताउनुभयो ।
त्यस्तै कार्यक्रममा गलकोट माद्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक तथा गलकोटे गुरु मोहनचन्द राजनले गलकोटको शैक्षिक विकासका लागि तत्कालिन समयमा गलकोटवासिले गरेको योगदान नतिजामुखि रहेको वताउनुभयो ।
उहाँले गलकोटको शैक्षिक विकासको लागि आफुलाई माध्यम वनाएर गलकोटे गुरु उपनाम दिएर शैक्षिक विकासको निम्ति अहोरात्र खटिएको स्मरण गर्दै सवैमा आभार व्यक्त गर्नुभयो । उहाँले गलकोट माद्यमिक विद्यालय र गलकोट वहुमुखि क्याम्पस आफैमा पुरक रहेको वताउदै शैक्षिक विकासका लागि आगामी दिनमा धनधान्याञ्चल ज्ञान महायज्ञ आयोजना गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत भवन ‘क’ को नगरप्रमुख भरत शर्मा गैरेले, भवन ‘ख’ को पुर्वप्रधानाध्यापक मोहनचन्द राजन तथा भवन ‘ग’ वाल उद्यानको नगरउपप्रमुख रेनुका काउचाले उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा स्टारलिनको विरुवा तथा स्वामिको विरुवा अतिथिको नाम रहने गरि वृक्षारोपण समेत गरिएको थियो । कार्यक्रममा नेपालि सेनाका सेनानि तथा विद्यालयका संस्थापक वद्रि प्रसादन श्रेष्ठका छोरा डा. विपिन श्रेष्ठलाई सम्मान गरिएको थियो ।
त्यस्तै डा. श्रेष्ठको परिवारले विद्यालयमा अध्ययरत ४ जना छात्रा विद्यार्थिलाई प्रत्येक वर्ष ५ हजारका दरले छात्रवृत्ति उपलव्ध गराउने घोषणा गर्नुभयो ।
कार्यक्रममा विद्याकि माता सरस्वत्ति पुजाको अवसरमा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देवेन्द्र वहादुर खत्री, गलकोट नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष नर वहादुर खत्री, अभिभावक माया चालिसे, विद्यार्थिहरु राहुल निउरे, स्वस्तिका गैरे लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा वागलुङ समाज क्यानडाद्धारा स्थापित छात्रवृत्तिद्धारा कक्षा ९ का नविन वोहोरा र कक्षा ६ का रोसिका खत्रीलाई प्रदान गरिएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष लाल वहादुर भण्डारीको अध्यक्षता, सहायक प्रधानाध्यापक नवराज गौतमको स्वागत तथा सहायक प्रधानाध्यापक राम वहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।