राजनीति

नेपाली कांग्रेसको गलकोट नगर सभापतिमा भण्डारी विजयी

नेपाली कांग्रेसको गलकोट नगर सभापतिमा भण्डारी विजयी

  • आश्विन ८, २०८३ बिहिवार
  • १९:३८:३३ बजे
  • 516
    SHARES
  • नेपाली कांग्रेसको गलकोट नगर सभापतिमा भण्डारी विजयी

    बागलुङ । नेपाली कांग्रेस गलकोट नगर सभापतिमा हिमबहादुर भण्डारी निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा भण्डारी १७१ मत लिएर विजयी भएका हुन् । भण्डारीले उनका निकटतम प्रतिस्पर्धि पवन हमाललाई ८४ मतान्तरले पराजित गरेका हुन् ।

    उनका प्रतिस्पर्धी पवन हमालले ८७ मत प्राप्त गरे । कुल २७९ मतदाता रहेकोमा २६२ जनाले मतदान गरेका थिए । जसमा ४ मत बदर भएको थियो भने ७ जनाले मतदान गरेका थिएनन् ।

    उपसभापति चिरञ्जीवि मरासेनी र उमा न्यौपाने र सचिवमा खिमबहादुर केसी र सहसचिवमा दलबहादुर घर्ती निर्वाचित भएका छन् । सदस्यहरु भने सर्वसम्मत निर्वाचित भएको निवर्तमान नगर सभापति विरजंग भण्डारीले जानकारी दिए ।

    सभापतिमा प्रतिस्पर्धा गरेका भण्डारी र हमाल दुई जना गलकोट नगरपालिकाका वडा अध्यक्ष हुन् । भण्डारी वडा नम्बर २ का अध्यक्षसँगै नगरपालिकाका प्रवक्ता हुन् भने हमाल वडा नम्बर ५ का अध्यक्ष हुन् । 

    सम्बन्धित समाचार