सातसय बगाले थापा समाजको अध्यक्षमा पुनः थापा चयन 

सातसय बगाले थापा समाजको अध्यक्षमा पुनः थापा चयन 

  • फाल्गुण १०, २०७७ सोमवार
  • १०:२४:१९ बजे
  • 3.2K
    SHARES
  • सातसय बगाले थापा समाजको अध्यक्षमा पुनः थापा चयन 

    बागलुङ : सातसय बगाले थापा समाज गलकोट नगरपालिका वडा नम्बर ७ मल्मको १८ औं साधारण सभा तथा ५ औं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

    अधिवेशनले पुनः दल बहादुर थापाको अध्यक्षमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा छुमबहादुर थापा, धनश्याम थापा, सचिवमा टोपबहादुर थापा, सहसचिवमा शेरबहादुर थापा,

    कोषाध्यक्षमा अम्मरबहादुर थापा र सह–कोषाध्यक्षमा बाबुराम थापा रहेका छन । सदस्यहरुमा खिम बहादुर थापा, डिल बहादुर थापा, बेलुकाजी थापा, मीनबहादुर थापा, थुमा थापा र

    टिकाकुमारी थापा रहेका छन ।अधिवेशनले वैकल्पिक सदस्यहरुमा कृष्ण बहादुर थापा, चन्द्र बहादुर थापा, भोज कुमारी थापा र भीम बहादुर थापा चयन गरेको छ । 

    बगाले थापा समाजको केन्द्रिय प्रतिनिधिमा थम्मन थापा सन्देश, दल थापा र हुम बहादुर थापा रहेका छन । सो अवसरमा दल बहादुर थापा संयोजक रहेको ५ सदस्यीय  टीका बहादुर थापा,

    गंगा बहादुर थापा, ज्ञान बहादुर थापा र लोक बहादुर थापा चयन गरिएको बताइएको छ । यता लेखा समिति संयोजकमा केहरसिंह थापा र सदस्य झम बहादुर थापा रहेका छन ।

    समाजले विभिन्न उपसमिति समेत गठन गरेको छ जस अन्तर्गत भुपु सैनिक समिति, कृषि समिति, महिला समिति, युवा समिति, विपत व्यवस्थापन समिति रहेको छ । समाजका संरक्षक तथा

    गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा धौलागिरी बहुमुखी क्याम्पस बागलुङका प्रध्यापक डाक्टर दिन बहादुर

    थापा र क्याम्पसका लेखापाल तथा बुद्धिजीवी हुम बहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए । वार्षिक साधारण सभामा संस्थाको प्रगति प्रतिवेदन

    सचिव टोप बहादुर थापा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष अम्मर बहादुर थापाले प्रस्तुत गरेका थिए भनें विभिन्न विधामा सम्मान समेत गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # सातसय बगाले

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार