गाउँ–गाउँमै पुगेर औषधी वितरण गर्दै बरेङ गाउँपालिका

गाउँ–गाउँमै पुगेर औषधी वितरण गर्दै बरेङ गाउँपालिका

  • फाल्गुण १३, २०७७ बिहिवार
  • १८:०४:४५ बजे
  • 5.9K
    SHARES
  • गाउँ–गाउँमै पुगेर औषधी वितरण गर्दै बरेङ गाउँपालिका

    बरेङ : स्वास्थ्य सेवाको सहज पहुँच पु¥याउनका लागि बरेङ गाँउपालिकाले सामुदायिक औष्नधी कार्यक्रमको सुभारम्भ गरेको छ । बिहिबार वडा नम्बर ५ सुखौरा स्वास्थ्य चौकीमा सामुदायिक औषधी कार्यक्रमको सुभारम्भ गर्दै उपाध्यक्ष दिलकुमारी पुनले नागरिकको स्वास्थ्य प्रति आफूहरु संवेदनशील भएर लागेको बताइन् । 

    यस कार्यक्रमले दैनिक औषधी प्रयोग गर्ने दीर्घ रोगीहरुलाई टेवा पु¥याउने भन्दै सामुदायिक औषधी कार्यक्रम ल्याईएको बताइन् । समुदायको अपनत्व र सक्रियताले मात्रै यो कार्यक्रम सफल हुने पुनको भनाई छ  ।

    बरेङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुनले स्वास्थ्य चौकीमा प्राप्त हुने ३८ प्रकारका औषधीले मात्रै उपचार सम्भव नभएका बिरामीका लागि अन्य औषधी तोकिएको मुल्यभन्दा १० प्रतिशत छुटमा स्वास्थ्य संस्थाबाट प्रदान गरिने बताए ।

    सल्यान तथा बाटाकाचौरको माथिल्लो क्षेत्रका नागरिकलाई लक्षित गरि साग्दी सामुदायिक स्वास्थ्य इकाइमा नमुनाको रुपमा यो कार्यक्रम बिस्तार गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सबै स्वास्थ्य संस्थामा आवश्यकता अनुसार कार्यक्रम सञ्चालन गरिने पुनको भनाई छ ।

    स्वास्थ्य संस्थामा निशुल्क वितरण गरिने ३८ प्रकारका औसधी बाहेक तत्कालका लागि १ लाख बराबरको ६५ प्रकारका औषधी स्वास्थ्य संस्थालाई उपलब्ध गराएको छ ।

    सुखौरा स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष टिकाराम शर्माले सामुदायिक औषधी कार्यक्रमबाट आफु जस्ता धेरै दीर्घ रोगीहरु बढि लाभान्वीत हुने बताए । 

    वडा नम्बर ५ का अध्यक्ष अमर बहादुर सेरपुर्जा ले २ सयको औषधी लिनका लागि २ हजार खर्च गरेर बजारसम्म पुग्नु पर्ने सुखौराबासीको समस्या समाधान हुने बताए ।

    कार्यक्रमलाई प्रभावकारी बनाउन तथा नागरिकमा हुन सक्ने भ्रमलाई चिर्नका लागि स्वास्थ्य स्वमंसेवीकाहरुको महत्वपुर्ण भूमिका रहने सेरपुर्जाको भनाई छ ।  कार्यक्रमको संचालन सुखौरा स्वास्थ्य चौकीकी अहेव थुमा पुर्जा पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।  

  • सम्बन्धित विषय:

  • # बरेङ गाँउपालिका

  • दिपेन्द्र परियार

    उहाँ बागलुङ पोस्टको संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार