थम्मन थापा : बागलुङको बरेङ गाउँपालिका वडा नम्बर ४ सल्यानमा नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत सेवा विस्तार गरि सञ्चालनमा ल्याएपछि स्थानीयमा खुसी छाएको छ ।
प्रसारण संचालन गरेपछि वडा भित्रका ११ घरधुरी विपन्न परिवारलाई निशुल्क विद्युत मिटर वितरण गरिएको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिव नारायण गोशलीले जानकारी दिए ।
विपन्न घरधुरीलाई केन्द्रीय विद्युत सेवाबाट वञ्चित हुन नदिन प्राधिकरणको अभियान अन्तर्गत ११ परिवारलाई निशुल्क रुपमा विद्युत मिटर जडान गरिएको केन्द्र प्रमुख गोशलीले बताए ।
सल्यानमा केन्द्रीय विद्युतीकरण गर्न प्राधिकरणले ४५ लाख रुपैयाँ खर्च गरेको गोशालीको भनाई छ । सेवा सञ्चालनमा आएपछि जलविद्युतको भरमा रहेका स्थानीय केन्द्रीय लाईनको पहुँचसँग जोडिएका छन् ।
केन्द्रीय विद्युतीकरणको विस्तार र सञ्चालनसँगै वडा भित्रका १ सय २५ घरधुरी प्रतक्ष्य लाभान्वित भएका छन् । सल्यानको राँजरुख टोल र कालेशोरा टोलका ६९ घरधुरीले ३ वर्ष पहिलेदेखि नै बरेङ गाउँपालिका वडा नं ५
सुखौरमा रहेको ट्रान्सफर्मर मार्फत केन्द्रिय विद्युत उपभोग गर्दै आइरहेका थिए । अबसल्यानमा पूर्ण रूपमा केन्द्रिय विद्युतीकरण भएको वडा सदस्य जन बहादुर खत्रीले जानकारी दिए ।
विपन्न परिवारले निशुल्क मिटर बक्स प्राप्त गरेपछि खुसी भएका छन् । आर्थिक अभावका कारण विद्युत सेवाबाट बञ्चित हुनु परेको र अब भने जीवनमा विद्युतले
उज्यालो प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । घरमा कन्द्रीय विद्युत बलेपछि उज्यालो हुनुका साथै मोवाइल चार्ज, रेडियो सुन्न, विद्यार्थीलाई पढन लेख्न सहज हुने स्थानीय सञ्जु विश्वकर्माले बताए ।
सल्यानमा केन्द्रीय विद्युत नहुँदा साना उद्योग, व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको भन्दै अब जनताको दैनिकीमा सहजता हुने वडा अध्यक्ष लील बहादुर खत्रीले बताए ।
लघु जलविद्युत सञ्चालन गर्दा थुप्रै चुनौतीको सामना गर्नु परेको र अब उक्त समस्या टरेको वडा अध्यक्ष खत्रीको भनाई छ । सो अवसरमा खत्रीले नेपाल विद्युत प्राधिकरण बागलुङलाई
आवश्यकता अनुरूप वडामा थ्री फेज लाइन विस्तार तथा व्यवस्थापन सम्बन्धी माग पत्र प्रदान गरेका छन् । त्यस्तै विद्युत प्राधिकरणले बरेङ गाउँपालिका वडा नम्बर ५ सुखौराका ५ विपन्न घर
परिवारलाई पनि निशुल्क विद्युत मिटर वितरण गरेको वडा अध्यक्ष अमर बहादुर शेरपुजाले जानकारी दिए । सो अवसरमा नेपाल विद्युत प्राधिकरणका प्रमुख,
प्राविधिकहरुसँगै १५ वर्ष माइक्रो हाइड्रो लघु जलविद्युत आयोजनामा प्राविधिकको रूपमा सेवा प्रदान गरे बापत नगद सहित सम्मान प्रदान गरिएको थियो ।