गलकोट : गलकोट नगरपालिका वडा नम्बर ४ मा आइतबारदेखि १ महिने बाँसको मुडा बनाउने तालिम सुरु भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गलकोट नगरपालिका उद्यम शाखाको आयोजना र वाणिज्य तथा आपुर्ति मन्त्रालयको आर्थिक सहयोगमा तालिम सञ्चालन १ भएको हो ।
कार्यक्रममा गलकोट नगरपालिकाका प्रशासकीय अधिकृत तुल बहादुर विकले नगरपालिकाले नगर भित्रका नागरिकहरुको सीप विकास गरी स्वरोजगार मुलक कार्यक्रम गरिरहेको बताए । उनले तालिममा सिकेका सीप र क्षमतालाई व्यवहारमा लागु गरि व्यवसायिक बन्नु पर्ने भन्दै सीपले जस्तोसुकै परिस्थितलाई पनि पार लगाउन सक्ने बताए ।
कार्यक्रममा गलकोट नगरपालिका वडा नम्बर ४ का वडा सदस्य रुद्र प्रसाद सुवेदी, खरुवा माविका प्रधानाध्यापक हेमराज गैरे लगायतले बोलेका थिए । तालिममा गलकोट नगरपालिका वडा नम्बर ४ भित्रका १२ जना महिला तथा पुरुष को सहभागिता रहेको थियो ।
कार्यक्रम गलकोट नगरपालिका वडा अध्यक्ष बल बहादुर खत्रीको अध्यक्षता र उद्यम शाखा सहजकर्ता कमला सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।