images
images

चीनद्वारा नेपाललाई थप ८ लाख डोज खोप उपलब्ध गराउने घोषणा

चीनद्वारा नेपाललाई थप ८ लाख डोज खोप उपलब्ध गराउने घोषणा

  • फाल्गुण १८, २०७७ मंगलवार
  • ०७:११:३७ बजे
  • 2.3K
    SHARES
  • चीनद्वारा नेपाललाई थप ८ लाख डोज खोप उपलब्ध गराउने घोषणा

    काठमाडौं : चीनले नेपाललाई कोभिड-१९ विरुद्ध थप आठलाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ । चिनियाँ दुतावासले सोमबार विज्ञप्ती जारी गर्दै थप सहुलियत अनुदानमा खोप दिने बताएको हो ।

    यसअघि चीनले नेपाललाई पाँच लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो । चीनको अनुसार नेपालले १३ लाख डोज सिनोफार्म खोप प्राप्त गर्नेछ । सिनोफार्मले उत्पादन गरेको खोप दिने चीनले घोषणा गरेको हो ।

    यो खोपलाई आपतकालिन प्रयोगका लागि सरकारले अनुमति दिइसकेको छ । यो खोप ८० प्रतिशत प्रभावकारी हुने जनाइएको छ । फागुन २३ देखि नेपालमा ५५ वर्षमाथिका नागरिकले खोप लगाउँदैछन् ।

  • सम्बन्धित विषय:

  • # कोरोना खोप

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार