images
images

गलकोट नगर अस्पतालका प्रमुख डा. राजेश पौडेल सम्मानित

गलकोट नगर अस्पतालका प्रमुख डा. राजेश पौडेल सम्मानित

  • मंसिर ६, २०८३ शनिवार
  • १४:४५:४१ बजे
  • 1.9K
    SHARES
  • गलकोट नगर अस्पतालका प्रमुख डा. राजेश पौडेल सम्मानित

    बागलुङ । गलकोट नगर अस्पतालका प्रमुख डा. राजेश पौडेल गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय पोखराबाट सम्मानित भएका छन् । आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रमको अवसरमा गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरेकाे भन्दै प्रदेश स्वास्थ्य मन्त्रालयले सम्मान गरेकाे हाे ।

    डाक्टर पाैडेलसहित १४ जना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई मन्त्रालयले सम्मान गरेको छ । उत्कृष्ट कर्मचारी छनोट तथा सिफारिस गर्न गठित समितिको सिफारिस, सम्बन्धित कर्मचारीको कार्यसम्पादन, स्वःप्रेरित सेवाभाव तथा सरोकारवालाहरूको सुझावका आधार र मन्त्रालयको गत मंसिर २ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार सम्मानित हुने व्यक्तिहरू छनोट गरिएको मन्त्रालयले जनाएको छ ।

    छनोट भएका १४ जना स्वास्थ्यकर्मी तथा कर्मचारीमध्ये डा. पौडेललाई चिकित्सा सेवामा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । डा. पौडेलले गलकोट नगर अस्पतालको नेतृत्व गर्दै स्थानी यस्तरमा स्वास्थ्य सेवा प्रवाह तथा नागरिकको स्वास्थ्य सेवामा पहुँच अभिवृद्धिका लागि योगदान पुर्‍याउँदै आएका छन् । 

    पाैडेलले गलकाेट नगर अस्पतालकाे नेतृत्व गरेपछि त्यस क्षेत्रका नागरिकले गलकाेटबाटै विशेषज्ञ सेवा पाउन थालेका छन् । गलकाेटन नगर अस्पतालमा गलकाेट क्षेत्र मात्रै नभएर पश्चिम बागलुङसहित गुल्मी, म्याग्दी, राेल्पा र रूकुमका बिरामीले समेत सेवा लिने गरेका छन् ।

    सम्बन्धित समाचार