ताराखोलामा महिलाका लागि २ दिने स्वास्थ्य शिविर हुँदै 

ताराखोलामा महिलाका लागि २ दिने स्वास्थ्य शिविर हुँदै 

  • फाल्गुण २०, २०७७ बिहिवार
  • २०:२७:०५ बजे
  • 6.3K
    SHARES
  • ताराखोलामा महिलाका लागि २ दिने स्वास्थ्य शिविर हुँदै 
    फाइल तस्बिर

    पुर्णभद्र निउरे, ताराखोला : ताराखोला गाउँपालिकामा ११० औ अन्तर्राष्ट्रिय नारी  दिवसको अवसरमा २ दिने स्वास्थ्य शिविर हुने भएको छ । 

    वेलनेश टिम, रोट्र्याक्ट क्लव बागलुङ र ताराखोला गाउँपालिकाको आयोजनामा शिविर हुन लागेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक उदित थापाले जानकारी दिए ।

    महिलाहरुको स्वास्थ्य समस्यालाई लक्षित गरि शिविर आयोजना गरिएका थापाले बताए । शिविरमा विशेष गरि महिलाहरुमा हने पानी बग्ने, आङ खस्ने समस्या लगाएको उपचार हुने बताइएको छ ।

    त्यस्तै पाठेघरको क्यान्सर जाँच, परिवार नियोजन सेवा आइयूसीडी इमप्लान्ट, मुख तथा दाँतको उपचार र अन्य सामान्य स्वास्थ्य समस्या भएका बिरामीहरु ले पनि लाभ लिन सक्ने स्वास्थ शाखाले जनाएको छ ।  

    शसस्त्र प्रहरीका विशेषज्ञ डाक्टरहरु ले सेवा प्रदान गरिने भएकाले स्वास्थ्य समस्या भएका महिलाहरुले यो अवसरबाट वञ्चित नहुन ताराखोला गाउँपालिकाकी उपाध्यक्ष दिल कुमारी पुनले आग्रह गरिन् ।  

    शिविर फागुन २३ गते ताराखोला गाउँपालिका को वडा नम्बर २ को बहुउद्देश्यीय सभा हलमा रहेको ताराखोला अस्पताल र २३ गते वडा नम्बर ५ को धस्मरमा रहेको ताराखोला स्वास्थ्य चौकिमा संचालन हुने बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # ताराखोला
  • # स्वास्थ्य शिविर

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार