बरेङ गाउँपालिकाले दियो कृषकलाई कृषि सामग्री

बरेङ गाउँपालिकाले दियो कृषकलाई कृषि सामग्री

  • फाल्गुण २१, २०७७ शुक्रवार
  • १९:०९:३० बजे
  • 6.5K
    SHARES
  • बरेङ गाउँपालिकाले दियो कृषकलाई कृषि सामग्री

    बरेङ : बरेङ गाँउपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरेको छ ।

    गाउँपालिकाले कृषकलाई अनुदानमा मिनिटेलर हलो १२ थान, कुटानी पिसानी मिल ६ थान, मकै छोडाउने मेसिन १० थान, कोदो चुट्ने मेसिन ३ थान, उखुपेल्ने मेसीन २ थान, पलाष्टिक टनेल ४२ थान बितरण गरेको हो ।

    कार्यक्रममा बोल्दै गाँउपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले कृषकलाई प्रबिधिसँग जोड्न उनीहरुकोे आवश्यकता र समयको माग अनुसारका सामग्री उपलब्ध गराउदै जाने बताए । 

    कृषिलाई उच्च प्राथमिकता दिएर युवालाई यसतर्फ आकर्षित गर्न नयाँ प्रविधिको प्रयोगमा जोड दिदै शर्माले कृषिमा आत्मनिर्भर बन्न प्रविधि प्रयोगलाई अत्यावश्यक बनाए बताए । 

    कृषकका समस्याहरूको समाधान, गर्दै उत्पादनको बजारीकरणको लागि समेत पालिका लागीरहेको शर्माको भनाई छ ।

    पालिकाले अनुदानमा वितरण गरेका सामग्रीहरु राम्रो गुणस्तरको रहेको भन्दै यदि कुनै पनि सामाग्रीमा समस्या देखिएमा १ वर्षसम्म कृषकको घरमै पुगेर मर्मत संभार गरिदिने प्राबिधिक पदम बहादुपर खड्काले बताए ।

    कृषक हरुले स्थानीय सरकारको योजना र कार्यान्वयनसँग किसानको आवश्यकता तालमेल तथा कृषकसँग समन्वय गर्दै प्रविधिमैत्री कृषि बनाउन काम गर्नुपर्ने सुझाव समेत दिएका छन् ।

  • सम्बन्धित विषय:

  • # बरेङ गाँउपालिका

  • दिपेन्द्र परियार

    उहाँ बागलुङ पोस्टको संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार