बुर्तिबाङ : साल्ट ट्रेडिङ कर्पाेरेशन बागलुङले निसीखोला गाउँपालिका वडा नम्बर १ मा रहेको अन्नपूर्ण आधारभुत विद्यालयमा विद्यार्थीलाई झोला र आयोडिन नुन वितरण गरेको छ । कर्पाेरेशन झोला र नुन वितरणसँगै चेतनामुलक कार्यक्रम समेत गरेको छ ।
आयोडिन युक्त नुनका फाइदाका विषयमा जानकारी गराउने उद्देश्य स्वरुप साल्ट ट्रेडिङ कर्पाेरेशन संस्थापक संचालक होमबहादुर मल्लको गाउँमाका विद्यालयका विद्यार्थीलाई चेतनामुलक कार्यक्रमसँगै विद्यार्थीलाई झोला र आयोडिन नुन वितरण गरीएको साल्ट ट्रेडिङ कर्पाेरेशन बागलुङका प्रमुख मनोज श्रेष्ठले बताए ।
२०२० सालमा निसीखोला गाउँपालिका १ हर्पेका होमबहादुर मल्ल र मुस्ताङका अनकमान शेरचनको सक्रियतामा साल्ट ट्रेडिङ कर्पाेरेशन स्थापना गरी नेपाल भर नुन पु¥याउने अभियान थालिएसँगै पछिल्लो समय ढिके नुनको प्रयोगमा कमी ल्याई आयोडिन युक्त नुन सबै नागरीकसम्म पुगेको छ ।
साल्ट ट्रेडिङ कर्पाेरेशन बुर्तिबाङका आधिकारीक विक्रेता ढालेन्द्र छन्त्यालको सहयोगमा ४ सय प्याकेट नुन र २० वटा झोला वितरण गरीएको छन्त्याल हो । विगतका वर्षमा निसीखोला तानखोला गाउँपालिका ढोरपाटन लगायतका स्थानमा विद्यार्थीसँग चेतनामुलक कार्यक्रम गरि आयोडिन नुन वितरण गरीएको थियो ।
विद्यालयमा रहेका जेहेन्दार, पढाइमा उत्कृष्ट, र गरिब २० जना विद्यार्थीलाई झोला र आयोडिन नुन रा अन्य विद्यार्थी, शिक्षक, अभिभावलाई निम्ती एक÷एक किलो नुन वितरण गरिएको बताइएको छ ।
विगतका समयमा आयोडिनको कमिले बालबालीका अशक्त हुने, सुस्त मनस्थिती, लुलो, पुड्को हुने तथा गलगाँड जस्ता समस्या देखा पर्ने गरेकोमा पछिल्लो समय चेतना स्तर वृद्धि भएसँगै गाउँगाउँमा आयोडिन नुनको प्रयोग हुन थालेपछि त्यो समस्या हटेको श्रेष्ठको भनाई छ ।
कार्यक्रममा अन्नपूर्ण आधारभुत विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष टेजबहादुर मल्लको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा निसीखोला गाउँपालिका वडा नम्बर १ का अध्यक्ष इन्द्रबहादुर मल्ल,साल्ट ट्रेडिङ कर्पाेरेशन बागलुङ डिलरका प्रमुख सुरज श्रेष्ठ, साल्ट ट्रेडिङ कर्पाेरेशन बुर्तिबाङ डिलर प्रमुख धालेन्द्र छन्त्याल, लगायतले बोलेका थिए ।