images
images

बोक्सी आरोपमा वृद्धामाथि निर्घात कुटपिट

बोक्सी आरोपमा वृद्धामाथि निर्घात कुटपिट

  • चैत्र १, २०७७ आइतवार
  • १९:५५:३० बजे
  • 3.5K
    SHARES
  • बोक्सी आरोपमा वृद्धामाथि निर्घात कुटपिट

    विराटनगर : मोरङमा बोक्सीको आरोपमा वृद्धा महिलामाथि निर्घात कुटपिट भएको छ । रतुवामाइ नगरपालिका – २ घर भएकी ६० वर्षीया महिलालाई छिमेकी पाँच जनाले कुटपिट गरेका प्रहरीले जनाएको छ ।

    बाँधेर कुटपिट गर्दा वृद्धाको अनुहार, हात, खुट्टा, ढाडलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । शुक्रबार राति कुटिएकी वृद्धा महिलाको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । कुटपिट र आक्रमणबाट वृद्धा बेहोस भएपछि श्रीमानले प्रहरीलाई खबर गरेका थिए । 

    प्रहरीका अनुसार वृद्धामाथि ६५ वर्षीय भीमलालसिंह गनगाईं, ६० वर्षीय जितनलालसिंह गनगाईं, ५० वर्षीय लखनलालसिंह गनगाईं, २७ वर्षीय लक्ष्मीप्रसादसिंह गनगाईं र १९ वर्षीया हैरानी गनगाईंले कुटपिट गरेका थिए ।

    हैरानीकी दिदी पुनमदेवी गनगाईंसँग भएको विवादको रिसइबीलाई लिएर बोक्सीको आरोप लगाउँदै वृद्धामाथि सामूहिक आक्रमण गरिएको प्रहरीले जनाएको छ ।

    घटनामा संलग्न भएको आरोपमा लखनलाल र हैरानीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

    उनीहरुविरुद्ध बोक्सी आरोपको कसूरमा अनुसन्धानका लागि जिल्ला अदालतबाट आइतबार अनुमति लिएको राईले बताए ।

  • सम्बन्धित विषय:

  • # कुटपिट

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार