images
images

पार्टी नेता कार्यकर्तालाई चिया खान बोलाएर ओलीले भने—गुटगत भेलामा नजानु छुट हुँदैन

पार्टी नेता कार्यकर्तालाई चिया खान बोलाएर ओलीले भने—गुटगत भेलामा नजानु छुट हुँदैन

  • चैत्र ३, २०७७ मंगलवार
  • १३:०५:३४ बजे
  • 2.7K
    SHARES
  • पार्टी नेता कार्यकर्तालाई चिया खान बोलाएर ओलीले भने—गुटगत भेलामा नजानु छुट हुँदैन

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत भेलामा नजान नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

    माधवकुमार नेपाल समूहको नाम नलिई उनले केही मानिसहरुले भेला आयोजना गर्दैछन् भन्ने सुनेको भन्दै  एमालेसँग आवद्ध, सम्वद्ध कोही नेता कार्यकर्तालाई गुटगत भेला नगर्न र नजान सचेत गराए ।


    पार्टीका केन्द्रीय सदस्यहरुका लागि आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै ओलीले भने, ‘केही मानिसहरु निहुँ खोजिरहेका छन् । भोलि राष्ट्रिय भेला बोलाउने, प्रतिवेदन पास गर्ने अरे, समानान्तर कमिटी बनाउने अरे ।’

    ‘अब अराजकता, विधि विधान विपरीत काम, एकताविरोधी क्रियाकलापमा छुट हुने छैन’ उनले अघि भने, ‘अचाक्ली भयो । पार्टीलाई पार्टीका रुपमा चल्न नदिने, भाँडभैलो मच्चाउने गतिविधि हुन सक्दैन ।’

    पार्टीको विधान, दलसम्बन्धी कानून रहेको भन्दै ओलीले यसबारे सबैको ध्यानाकर्षण गराउन चाहेको बताए ।

  • सम्बन्धित विषय:

  • # चिया
  • # गुटगत भेला
  • # छुट हुँदैन

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार