बागलुङ : जिल्लाको काठेखोला गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिताको उपाधि बिहुँकोट लालीगुराँस इङ्लीस बोर्डिङ स्कुलले जितेको छ । सोमबार र मंगलबार सम्पन्न प्रतियोगितामा ३४ विधामा भएको प्रतिस्पर्धामा १५ स्वर्ण पदक हात पार्दै उक्त विद्यालयले उपाधि जितेको हो । प्रतियोगिताको लङ जम्प छात्रतर्फ रेश नुन्थला माविका बादल कार्की प्रथम र जनकल्याण माविका सूर्य थापा द्वितीय भएका छन् ।
छात्रातर्फ बिहुँकोट लालीगुराँस इंङ्लिस बोर्डिङ स्कुलकी सरिता कँडेल प्रथम र भीमसेन माविका केट्रिन कँडेल द्वितीय भएका छन् ।
हाई जम्पमा छात्रतर्फ भीमसेन माविका नारायण क्षेत्री प्रथम र जनकल्याण माविका सूर्य थापा द्वितीय भएका छन् । छात्रातर्फ बिहुँकोट लालीगुराँस इङ्लिस बोर्डिङ्ग स्कुलका सरिता कँडेल प्रथम र भीमसेन माविका सन्जिता कार्की द्वितीय स्थान हाँसिल गर्न सफल भएका छन् ।
ज्याबलिङ थ्रो छात्रतर्फ बिहुँकोट लालीगुराँस इङ्लिस बोर्डिङ स्कुलका चन्द्रमणि कँडेल प्रथम र धिमि करिना माविका सन्दिप किसान द्वितीय भए भने छात्रातर्फ बिहुँकोट लालीगुराँस इङ्लिस बोर्डिङ्ग स्कुलका प्रतिक्षा कँडेल प्रथम र रेश नुन्थला माविकी मुना कुँवर द्वितीय हुन सफल भएका छन् ।
सटफुट छात्रतर्फ रेश नुन्थला माविका मिलन थापा प्रथम र धिमि करिना माविका आशिक किसान द्वितीय भए भने छात्रातर्फ बिहुँकोट लालीगुराँस इङ्लिस बोर्डिङ स्कुलका प्रतिक्षा कँडेल प्रथम र भीमसेन माविकी सरस्वती जिसी द्वितीय भएका छन् ।
त्रिपल जम्प छात्रतर्फ भीमसेन माविका पवन थापा प्रथम र बिहुँकोट लालीगुराँस इङ्लिस बोर्डिङ स्कुलका अमन कार्की द्वितीय भए भने छात्रा तर्फ बिहुँकोट लालीगुराँस इङ्लिस बोर्डिङ स्कुलका अनुषा निउरे र भीमसेन माविका सबिना खड्का द्वितीय हुन सफल भए ।
तीन हजार मिटरको छात्र तर्फको दौड प्रतियोगितामा रेश नुन्थला माविका बादल कार्की प्रथम र जनकल्याण माविका गौरव थापा द्वितीय भए भने छात्रा तर्फ जनकल्याण माविका निरुता किसान प्रथम र भीमसेन माविका शोविता कुँवर द्वितीय भएका छन् । पन्ध्र सय मिटर छात्रातर्फको प्रतियोगितामा अमर माविका तिर्सना छन्त्याल प्रथम र भीमसेन माविका सपना थापा द्वितीय भए । आठ सय मिटर छात्र तर्फको दौड प्रतियोगितामा निरज रोक प्रथम र रेश नुन्थला माविका मिलन थापा द्वितीय भए भने छात्रा तर्फ धिमि करिना माविका कामना खत्री प्रथम र जनकल्याण माविकी प्रतिमा नेपाली द्वितीय भए ।
चायसय मिटर छात्र तर्फको दौड प्रतियोगितामा लेखानी माविका यमन पुन प्रथम र भीमसेन माविका बिपिन जिसी द्वितीय भए भने छात्रा तर्फ धिमि करिना माविका बिपना कँुवर प्रथम र रेश नुन्थला माविका शोनिसा जिसी द्वितीय भए ।
दुईसय मिटर छात्र तर्फको दौड प्रतियोगितामा बिहुँकोट लालीगुराँस इङ्लिस बोर्डिङ्ग स्कुलका अमन कार्की प्रथम र लेखानी माविका विनोद विक द्वितीय भए भने छात्रा तर्फ भीमसेन माविका शोबिता कुँवर प्रथम र एलिसा पुन द्वितीय भएका छन् ।
एक सय मिटर छात्रातर्फ अमर माविका भावना कँडेल प्रथम र धिमि करिना माविका कामना खत्री द्वितीय भएका छन् । एक सय मिटर रिले दौड प्रतियोगितामा छात्र तर्फ लेखानी मावि र छात्रा तर्फ धिमि करिना मावि प्रथम भयो ।
चार सय मिटर रिले दौड प्रतियोगितामा छात्र तर्फ रेश नुन्थला मावि र छात्रा तर्फ भीमसेन मावि प्रथम भएका छन् । भलिबल प्रतियोगितामा नारायणी मावि तंग्राम र कबड्डी तर्फ छात्र बिहुँकोट लालीगुराँस इङ्लिस बोर्डिङ स्कुल र छात्रा तर्फ अमर मावि प्रथम भए भने कराते तर्फको ७ पदक मध्ये १ अमर मावि र ६ बिहुँकोट लालीगुराँस इङ्लिस बोर्डिङ्ग स्कुलले आफ्नो पक्षमा पारेको छ ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा काठेखोला गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले खेलकुद मानिसको समग्र पक्ष विकास गर्ने हुनाले अपरिहार्य रहेको बताउँदै खेलकुदले नै मानिस को शारिरीक, मानसिक विकाश गरेको बताउदै शिक्षा संगसंगै खेलकुद पनि संगै हुनुपर्ने बताए ।
कार्यक्रममा कला संस्कृत तथा खेलकुद विकास समिति संयोजक टिका संगम विक, प्रमुख प्रसासंकिय अधिकृत चुर्ण कार्की, अधिकृत मनोज कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बिहुँकोट तथा समाज विकास केन्द्रका अध्यक्ष कृष्ण प्रसाद कँडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।