बुर्तिबाङ : रंगीन युवा क्लव निसीखोला गाउँपालिका वडा नम्बर ४ झिवाखोलाद्वारा आयोजना गरेको होली विशेष खेलकुद तथा कसांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गत चैत्र ११ गतेदेखि सुरु भएको कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
क्लवले आयोजना पुरुष भलिबल प्रतियोगिताको उपाधी सनराईज युवा क्लवले हात पारेको छ भने आयोजक द्वितीय भएको छ । सो अवसरमा कृषि प्रर्दशनी, व्याडमिन्टन, माछा छोपाई लगायतका कार्यक्रमहरु भएका थिए ।कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितीक प्रस्तुती रहेको थियो ।
होली विशेष कार्यक्रमलाई सम्बोधन गर्दै निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले पुराना कला र संस्कृतिको जर्गेना गर्न गाउँपालिकाले समेत पहल गरेको बताए । उनले स्थानीय क्लवले लामो समयदेखि स्थापित गर्दै आइरहेको होली पूर्णिमा विशेष मेलालाई सबैले संरक्षण गर्नु पर्ने भन्दै पुराना रितिरिवाजलाई जोगाउनु सबैको दायित्व भएको बताए ।
उनले कृषक, कलाकार, खेलाडीलाई सम्मान गरी उनीहरुलाई थप प्रोहोत्साहन गर्नु पर्ने बताउँदै सामाजिक संघसंस्थाले समाज रुपान्तणको लागि स्थानिय सरकारसँग सहकार्य गर्नु पर्नेमा जोड दिए ।