बागलुङ : बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ४ जलजला गुफामा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा हुँदा चालक गम्भीर घाइते भएका छन् ।
झुलडाँडाबाट गुफा तर्फ जाँदै गरेको ध १ च १३४ नम्बर को ट्याक्टर दुर्घटना हुँदा चालक ज्ञान बहादुर विक गम्भीर घाइते भएको स्थानीय राजन पाइजाले जानकारी दिए ।
घाइते चालकको अवस्था गम्भीर भएपछि उनलाई आइरतबार राति नै पाल्पा स्थित मिसन अस्पतालमा पठाइएको उनको भनाई छ ।