बुर्तिबाङ : नेपाली काँग्रेसले बल्देधुरीमा भएको घटनामा संलग्न दोषीलाई पत्ता लगाउन ढिलाई गरेको भन्दै बुर्तिबाङ बजारमा प्रदर्शन गरेको छ ।
आइतबार होली खेल्ने क्रममा बडिगाड गाउँपालिका वडा नम्बर १० र निसीखोला गाउँपालिका वडा नम्बर ७ का युवाहरु बिच झडप भएको थियो ।
झडपमा कांग्रेस बागलुङका सदस्य निसीखोला–७ का ३६ वर्षीय प्रकाश कुँवर र सक्रिय कार्यकर्ता ३४ वर्षीय दीपक दमाइको मृत्यु भएको थियो ।
कांग्रेसले दुईजनाको ज्यान जाने गरि भएको घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरि निष्पक्ष छानबिन गर्न प्रहरी र प्रशासनलाई आग्रह गरेको छ ।
नतोहरुले घट्ना भएको दुई दिन बितिसक्दा पनि दोषी नियन्त्रणमा लिन नसकेको भन्दै आक्रोस पोखेका छन् । यस विषमा तरुण दल र महिला संघले पनि निष्पक्ष छानविनको लागि आग्रह गरेको छ ।