बुर्तिबाङ : मध्य पहाडी लोकमार्ग अन्तरगत बागलुङको पश्चिम खण्डको स्थलगत अवलोकन गरिएको छ । संघीय संसद, प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले लोक मार्गको अवलोकन गरेको छ ।
चैत्र २० देखि ३० गतेसम्म लोकमार्ग आयोजनाको अवलोकनसँगै विभिन्न स्थानमा स्थानीय, जनप्रतिनिधिसँग अन्तरक्रिया समेत गरिरहेको छ । बिहिबार बागलुङको बुर्तिबाङमा टोलीले अन्र्तक्रिया गरेको छ ।
संघीय संसद, प्रतिनिधि सभा विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा संसाद टेक बहादुर बस्नेत, यज्ञराज सुनुवार, बिना कुमारी श्रेष्ठ,
बागलुङका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्की, ढोरपाटन नगर प्रमुख देवकुमार नेपाली , मध्यपहाडी लोकमार्ग उप आयोजना निर्दशक राजेश पौडेल, लोकमार्ग आयोजना बागलुङ, पर्वतका
प्रमुख मेघराज मरासिनी लगाएतको सहभागितामा लोकमार्गको अवस्था, भावि रणनीति, हाल भइरहेको प्रगति लगाएतका विषयमा छलफल एवम अन्तक्रिया गरिएको थियो ।
कार्यक्रममा स्थानीय बासीले समेत आफ्नो धारणा राखेका थिए । कार्यक्रममा बोल्दै विकास तथा प्रविधि समितिका सभापती कल्याणी कुमारी खड्काले मध्यपहाडी लोकमार्गका कारण विकास निर्माणले गति लिएको भन्दै
दुर दराजका बस्ति समेत सुगम वन्दै गइरहेको बताइन् । लोकमार्गलाई व्यवस्थित र १२ महिना सञ्चालन हुने गरी व्यवस्थित गर्नका निम्ती काम भइरहेको बताउँदै बागलुङ जिल्लाबासीले मध्य पहाडी लोकमार्ग आयोजनाबाट राम्रो फाइदा लिएको उनको भनाई छ ।
लोकमार्गको काम कहिँ कतै अलपत्र रहेको गुणस्तर नभएको पाइएका कारण त्यसको खबरदारी स्थानीय समुदाय, जनप्रतिनिधिले गर्नुपर्ने भन्दैै लोकमार्गलाई असर पर्ने गरी ग्रामीण सडक विस्तारले थप चुनौति बताइन् ।
टोलीले बागलुङ सदरमुकाम बागलुङ बजारदेखि पूवी रुकुमको सिमाना पातीहाल्ने सम्मको सडक अध्ययन गर्दै लोकमार्ग क्षेत्रको अवलोकनमा सवार भएको हो ।