विनोद विश्वकर्मा, बुर्तिबाङ : कृषि ज्ञान केन्द्र बागलुङको आयोजनामा बुर्तिबाङमा कृषकका १ दिने अभिमुखिकरण तालिम तथा गोष्ठी सम्पन्न भएको छ ।
पश्चिम बागलुङका निसीखोला, तमानखोला, बडिगाड गाउँपालिका, ढोरपाटन र गलकोट नगरपालिकाका ७३ जना कृषकको सहभागितामा अभिमुखिकरण तालिम तथा गोष्ठी सम्पन्न भएको हो ।
कार्यक्रमको अवसरमा बाली बीमा लगाएत यस आर्थिक वर्षमा बिभिन्न अनुदानका कृषि कार्यक्रमहरुमा छनौट भएका कृषकहरुलाई मध्यनजर गरि कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा ढोरपाटन नगरपालिका उपप्रमुख करमति पुनले कृषि ज्ञान केन्द्र बागलुङले किसानलाई सहज हुने तरिकाले स्थानीय स्तरमा पुगेर परार्मश र सहयोग गरेको बताईन् ।
कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराई ढोरपाटन नगरपालिका कृषि प्रविधिक महेन्द्र अधिकारी, कृषक, पत्रकार लगाएतको उस्थिति रहेको थियो ।
कार्यक्रमको विषयमा कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी गाएका थिए । यस आर्थिक वर्षमा सञ्चालन भएका कार्यक्रम तथा बजेटको विषयमा समेत जानकारी गराइएको थियो ।
कार्यक्रममा कृषक शुनिल पुन र गलकोट नगरपालिकाकी कृषि प्रविधिक सुमित्रा खत्रीले मन्तव्य राखेका थिए । कार्यक्रम बाली विकास अधिकृत दिनेश पाठकको सञ्चालनमा सम्पन्न भएको थियो ।