प्राकृतिक विपद

ताराखोलामा चट्याङ लागेर एक जनाको मृत्यु 

ताराखोलामा चट्याङ लागेर एक जनाको मृत्यु 

  • बैशाख ३, २०७८ शुक्रवार
  • ११:०२:१४ बजे
  • 5.7K
    SHARES
  • ताराखोलामा चट्याङ लागेर एक जनाको मृत्यु 

    पूर्णभद्र निउरे, ताराखोला : बिहिबार साझ चट्याङ लागेर बागलुङको ताराखोलामा एक जना को ज्यान गएको छ । ताराखोला गाउँपालिका वडा नम्बर २ सिलेका सले निवासी ४५ बर्षिय खिमानन्द कँडेलको मृत्यु भएको हो ।

    साँझ ७ बजे साझ आफ्नै गोठमा श्रीमतीले भैंसी दुहुदै गर्दा लाइट बालिरेका कँडेल एक्कासी चट्याङ लागेर ढलेको पारिवारिक स्थानीय भिम बहादुर घर्तीले जानकारी दिए । कँडेललाई तत्कालै उपचारका लागि धौलागिरी अस्पताल बागलुङमा पु¥याइएको थियो ।

    राती नै अस्पतालमा पुर्याउदा कँडेललाई अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायव निरीक्षक लक्ष्मण न्यौपानेले जानकारीले दिए ।  

    घटनाको बारेमा थप अनुसन्धान भै रहेको ईलाका प्रहरी कार्यालय ताराखोलाले जनाएको छ । आज पनि मुलुकका विभिन्न भागमा चटङ्या सहित वर्ष हुने बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # चट्याङ लागेर मृत्यु

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार