images
images

काेराेना कहर

बुर्तिबाङ क्षेत्रमा दुई हप्ता निषेधाज्ञा गर्न सिफारिस 

बुर्तिबाङ क्षेत्रमा दुई हप्ता निषेधाज्ञा गर्न सिफारिस 

  • बैशाख २१, २०७८ मंगलवार
  • १४:४४:२६ बजे
  • 7.0K
    SHARES
  • बुर्तिबाङ क्षेत्रमा दुई हप्ता निषेधाज्ञा गर्न सिफारिस 

    बुर्तिबाङ : कोरोना संक्रमण बढ्दै गएपछि बागलुङका स्थानीय तहहरु सजकता अपनाउन थालेका छन् । सचेतनाका कार्यक्रमसँगै निषेधाज्ञा समेत गर्न थालेका छन् । ढोरपाटन नगरपालिकाले बैशाख २२ गते राती १२ बजेदेखि जेठ ५ गतेसम्म निशेधाज्ञा गर्ने निर्णय गरि जिल्ला प्रशासन कार्यालय बागलुङ समक्ष माग गरेको छ ।  बागलुङको दोश्रो व्यापारीक केन्द्र रहेको बुर्तिबाङ बजार निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको संगम व्यापारीक केन्द्र पनि हो ।

    यसले गर्दा यहाँ धेरै भिडभाड हुने र कोभिड संक्रमण दर बढ्न सक्ने भन्दै उद्योग वाणिज्य संघ बुर्तिबाङ, बुर्तिबाङ राइजिङ युवा क्लव र विभिन्न संगसंस्थाले आग्रह गरेपछि नगरपालिकामा निशेधाज्ञा गर्ने निर्णय भएको उपप्रमुख कर्मती पुनले बताइन् । जिल्ला सदरमुकाम लगायत अन्य जिल्लामा दिनदिनै संक्रमित बढ्दै गएको र मृत्यु हुनेको संख्या पनि बढि रहको हुँदा समयमै निषेधाज्ञा नगरे निकै जोखिम बढ्दै जाने र उचित व्यवस्थापन हुन नसक्ने भन्दै तत्काल निषेधाज्ञा गर्न दबाव बढेपछि यो निर्णय गरेको पाइन्छ ।

    तत्काल बजार बन्द गरी कोभिड रोकथाम अभियानमा जुट्नु पर्ने दबाव चारै तिरबाट बढेपछि ढोरपाटन नगरपालिका उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्ष , इलाका प्रशासन बुर्तिबाङ, स्थाथ्यकर्मी लगायतको बैठकले यो निर्णय गरेको हो । ढोरपाटन नगरपालिकामा हालसम्म बाहिरी क्षेत्रबाट आउने तथा बाहिर जानेको तथ्यांक राखिएको छैन् । सुरक्षाका उपाय बारे सचेतना मुलक कार्यक्रम हुन सकेको छैन ।

    स्वास्थ्य संस्थामा अक्सिजन लगायत स्वास्थ सामग्रीको उचित व्यवस्थापन हुन सकेको छैन । ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली विगत एक हप्तादेखि पोखरामा आन्तरिक काममा रहेका कारण यहाँ कोभिड रोकथाम तथा व्यवस्थापनमा थप चुनौति देखिएको बताइएको छ ।


    छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार