काेराेना कहर

बागलुङमा एकै दिन ५० जनामा कोरोना संक्रमण 

बागलुङमा एकै दिन ५० जनामा कोरोना संक्रमण 

  • बैशाख २२, २०७८ बुधवार
  • १९:२२:३० बजे
  • 3.4K
    SHARES
  • बागलुङमा एकै दिन ५० जनामा कोरोना संक्रमण 

    बागलुङ : बागलुङमा एकै दिन थप ५० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पताल बागलुङमा गरिएका परीक्षणमा बागलुङ नगरपालिकाका ४८ जना, काठेखोला र ताराखोला गाउँपालिकाका १/१ जनालाई संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेका अनुसार दुई जना दुई वर्षीय बालिका सहित एकै दिन ५० जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । बागलुङ नगरपालिका वडा नम्बर १ का ३३ र ५८ वर्षीया दुई जना महिला र ३५, ४५ र ६२ वर्षीय तीन जना पुरुष, वडा नम्बर २ का २, ४२, ६०, ४०, ३०,

    २५ र ३७ वर्षीया महिला, ६९ र २५ वर्षीय पुरुष, वडा नम्बर ३ का २३ वर्षीय पुरुष र वडा नम्बर ४ का ४५ वर्षीय पुरुष, वडा नम्बर ६ का ६६ वर्षीया महिलालाई संक्रमण पुष्टि भएको हो । बागलुङ नगरपालिका वडा नम्बर १२ का २३, ३५, ३३, ६२, १३, १३ र ५० वर्षीया सात जना महिला, ५०, ३६, ६१, ४५, ३०,

    ३८ र ४४ वर्षीय सात जना पुरुष, वडा नम्बर १३ का ७, ६४, ३८, २, ४०, ६३, ४९ र ४२ वर्षीया आठ जना महिला,
     ५०, ५७, ६७, १२, ४५, ६९, ५७ र ३४ वर्षीय आठ जना पुरुष र वडा नम्बर १४ का ३९ बर्षिय एक जना पुरुष, काठेखोला गाउँपालिका वडा नम्बर ६ का २६ वर्षीया एक जना महिला

    र ताराखोला गाउँपालिका वडा नम्बर ३ का ३१ वर्षीय एक जना पुरुषलाई  संक्रमण पुष्टि भएको फोकलपर्सन घिमिरेले बताए । बागलुङमा रहेक दिन संक्रमितको संख्या बढ्दै गइरहेको छ । बागलुङमै परीक्षण गर्न थालेसँगै संक्रमणको दर पनि बढ्दै गएको पाइएको छ ।

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमण

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार