बागलुङ : बागलुङमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालमा बागलुङमा गरिएको गरिएको परिक्षणमा बागलुङ नगरपालिका, काठेखोला र निसीखोला गाउँपालिकाका २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।
बागलुङ नगरपालिका वडा नम्बर ३ का १३, ४२ र ५० वर्षीय तीन जना पुरुष र ११, ३७ र ४६ वर्षीया तीन जना महिला, वडा नम्बर ४ का २७ वर्षीया एक जना महिला र वडा नम्बर ८ का ३० वर्षीया एक जना महिलामा संक्रमण पुष्टि भएको घिमिरेले जानाकारी दिए । काठेखोला गाउँपालिका वडा नम्बर ८ का ४५, ४५, ४९, ५४, ६१, ३२,
५७ र १२ वर्षीया ९ जना पुरुष र ४२ वर्षीया एक जना महिला, वडा नम्बर ५ को २० वर्षीय एक जना पुरुष, निसीखोला गाउँपालिका वडा नम्बर ४ का २७ वर्षीय एक जना महिला र निसीखोलाकै एक जना २९ वर्षीय पुरुष रहेका छन् । उनीहरु कर्मचारी रहेको बताइएको छ ।