काेराेना कहर

बागलुङमा थप १०२ जनालाई कोरोना संक्रमण

बागलुङमा थप १०२ जनालाई कोरोना संक्रमण

  • बैशाख २९, २०७८ बुधवार
  • १९:२५:०९ बजे
  • 4.2K
    SHARES
  • बागलुङमा थप १०२ जनालाई कोरोना संक्रमण

    बागलुङ : बागलुङमा थप एक सय दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पताल बागलुङमा गरिएको परीक्षणमा बागलुङ नगरपालिका, निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका १ सय २ जनालाई संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

    बागलुङ नगरपालिकाका ९५ जना, निसीखोला गाउँपालिकाका ५ जना र बडिगाड गाउँपालिकाका २ जनालाई संक्रमण पुष्टि भएको बताउनुभयो । उहाँले बागलुङ नगरपालिकाका वडा नम्बर २ का २ जना, वडा नम्बर ४ का १ जना, वडा नम्बर ६ का १८ जना, वडा नम्बर ७ का २१ जना, वडा नम्बर ९ का २८ जना, वडा नम्बर १२ का ३ जना, वडा नम्बर १४ का १९ जनालाई संक्रमण पुष्टि भएको बताए । बागलुङ नगरपालिकाका ३ जनाको वडा खुलेको छैन ।

    निसीखोला गाउँपालिका वडा नम्बर २ का १ जना र वडा नम्बर ४ का ३ जनालाई संक्रमण पुष्टि भएको छभने बडिगाड गाउँपालिकाका दुई जनालाई संक्रमण पुष्टि भएको छ । बडिगाड गाउँपालिकाका दुई जनाको वडा खुलेको छैन । बागलुङ नगरपालिका, धौलागिरी अस्पताल, निसीखोला र बडिगाड गाउँपालिकाका १ सय ७६ जनाको स्वावको परीक्षण  गर्दा १ सय २

    जनालाई संक्रमण पुष्टि भएको उनको भनाई छ । बागलुङ नगरपालिकाले संकलन गरेको १ सय ३१ जनाको स्बावको परीक्षण गर्दा ८९ जनालाई, धौलागरी अस्पतालमा संकलन भएको ७ जनाको स्वाब परिक्षण गर्दा ६ जनालाई, बडिगाको दुई जनाको परिक्षण गर्दा दुई जनालाई र निसीखोला गाउँपालिकाको ३६ जनाको  परिक्षण गर्दा ५ जनालाई संक्रमण पुष्टि भएको घिमिरेको भनाई छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार