बुर्तिबाङ : नेपाली काँग्रेसका युवा नेता जित शेरचनको सक्रियतामा बुर्तिबाङ क्षेत्रका ४३ जनाको शुक्रबार पिसिआर स्वाव संकलन गरिएको छ । कोभिड १९ सँग मिल्दो जुल्दो लक्षण भएका धेरै बिरामी बुर्तिबाङ बजार क्षेत्रमा रहेको र स्थानीय सरकारले पिसीआर गर्न चासो नदेखाएपछी नेता शेरचनको सक्रियतामा परीक्षण थालिएको हो ।
बुर्तिबाङ स्थित व्यापारी, कर्मचारी, पत्रकार, जनप्रतिनिधी, स्वास्थ्यकर्मी, लगाएतको भिटिएम स्वाब संकलन गरि पिसीआर परीक्षणको लागि अस्पताल बागलुङमा पठाइएको छ । समयमा पिसीआर नभएका कारण संक्रमितको सँख्या वृद्धि हुँदै जाने र थप जोखिम निम्तन सक्ने भन्दै भएका कारण कोभिड १९ सँग मिल्दो जुल्दो लक्षण भएका बिरामीको निरन्तर पिसीआर गरिनुपर्ने
स्थानीयको माग छ । नेता शेरचनले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कोभिडका बिरामीलाई मध्यनजर गर्दै आइसोलेशन व्यवस्थापन गर्ने गरी स्वदेश विदेशबाट आथिर्क संकलन अभियान सुरु भएको र क्यानडामा रहेका नेपालीहरुको संस्था नेपली हेरिटज च्यारेटी फाउन्डेशन क्यानडाद्वारा आर्थिक संकलन भइरहेको बताए ।
स्थानीय सरकारले अहिले जटिल परिस्थीतिमा समेत स्वास्थ्य क्षेत्रमा चासो नदेखाएका कारण आफुहरु नागरिकको स्वास्थ्य सुरक्षा र जीवन रक्षामा अगाडी सरेको बताए । स्वाब सकलन अभियानमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीको समन्वय रहेको छ ।