बागलुङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

बागलुङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

  • जेठ १५, २०७८ शनिवार
  • १४:४८:४६ बजे
  • 4.2K
    SHARES
  • बागलुङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
    फाइल तस्बिर

    बागलुङ : कोरोना संक्रमणबाट बागलुङमा थप एकजनाको मृत्यु भएको छ । गलकोट नगरपालिका वडा नम्बर २ का ९१ वर्षीय पुरुषको मृत्यु भएको हो ।

    होम आइशोलेसनमा रहेका उनको अस्पताल लैजाँदै गर्दा शनिबार दिउसो १ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

    उनीमा जेठ ८ गते एन्टिजेन्ट मार्फत परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको घिमिरेले बताए । शनिबार बिहान बागलुङ नगरपालिका वडा नम्बर ३ का ५५ वर्षीय पुरुषको पनि मृत्यु भएको थियो ।

    याे पनि पढ्नुहाेस् 
    एकाविहानै बागलुङमा एक संक्रमितको मृत्यु

    कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । संक्रमणबाट बागलुङ नगरपालिका वडा नम्बर ३ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

    स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेका अनुसार स्वास्थ्यमा समस्या आएपछि बैशाख २७ अस्पताल भर्ना भएको उनको शनिबार विहान ३ः४५ मा मृत्यु भएको हो ।

    उनी कोभिड–१९ सँगै निमोनियाबाट समेत ग्रसित रहेको बताइएको छ । शुक्रबार जिल्लाको तमानखोला गाउँपालिका, बरेङ गाउँपालिका र ढोरपाटन नगरपालिकाको गरि ३ जनाको मृत्यु भएको थियो ।

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमितकाे मृत्यु

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार