कोरोना पोजेटीभ किशोरीलाई नुहाउँदै गर्दा बलात्कार गर्न खाेज्ने ईन्जिनियर पक्राउ 

कोरोना पोजेटीभ किशोरीलाई नुहाउँदै गर्दा बलात्कार गर्न खाेज्ने ईन्जिनियर पक्राउ 

  • जेठ २२, २०७८ शनिवार
  • ०८:५३:५५ बजे
  • 10.1K
    SHARES
  • कोरोना पोजेटीभ किशोरीलाई नुहाउँदै गर्दा बलात्कार गर्न खाेज्ने ईन्जिनियर पक्राउ 
    सांकेतिक तस्बिर

    राेल्पा : सार्वजनिक धारामा नुहाउँदै गरेकी एक किशोरीमाथि हातपात गरेको अभियोगमा  रोल्पाका एक ईन्जिनियर पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको लमही घर भइ हाल रोल्पाको रून्टीगढी गाउँपालिकामा कार्यरत ३६ वर्षीय ईन्जिनियर शेषमणी पौडेल रहेका छन्। 

    जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज सुवेदीले पीडित किशोरीको लिखित जाहेरीका आधारमा ईन्जिनियर पौडेललाई शुक्रबार साँझ पक्राउ गरिएको जानकारी दिए। ‘उहाँ कोरोना पोजेटिभ किशोरी हुनुहुँदो रहेछ, आइसोलेसनमा बस्दै आउनु भएकोरहेछ,’ डिएसपी सुवेदीले भने, ‘दिउँसो सार्वजनिक धारामा नुहाउने क्रममा ईन्जिनियर पौडेलले जबरजस्ती गर्न खोजेको भन्ने पीडितको जाहेरीमा उल्लेख छ।’

    पक्राउपछि पौडेललाई जवरजस्ती करणी उद्योग अन्तर्गत  मुद्दा  चलाएर  अनुसन्धान सुरु गरिएको डिएसपी नवराज सुवेदीले जानकारी दिए । ती किशोरी एकान्तस्थलको सार्वजनिक धारामा एक्लै नुहाइरहेको देखेपछि इञ्जिनियर पौडेल मिनिरल वाटरको बोतल बोकेर पानी भर्ने बाहानामा  त्यहाँ पुगेका थिए । 

    त्यसपछि उनले धारामा नुहाउँदै गरेकी ती किशोरीलाई जवरजस्ती करणीको प्रयास गरेको पीडितको जाहेरीमा उल्लेख छ। प्रहरीका अनुसार ती किशोरीलाई इन्जिनियर पौडेलले पहिलेदेखि नै पछ्याउँदै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # बलात्कार
  • # पक्राउ

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार