बागलुङ : बागलुङमा गोरु काटेको आरोपमा १० जना पक्राउ परेका छन् । प्रहरीले जिल्लाको गलकोट नगरपालिकाका युवाहरुलाई गोरु काटेर मासु खाएको आरोपमा पक्राउ गरेको हो ।
शुक्रबार राती गलकोट नगरपालिका वडा नम्बर ११ ठुलपोखरी भन्ने स्थानमा गोरु काटेर मासु खाएको विशेष सूचना प्राप्त भएपछि प्रहरी टोली त्यस स्थानमा पुगेर उनीहरुलाई नियन्त्रणमा लिएको थियो । शनिबार जिल्ला प्रहयरी कार्यालय बागलुङमा झिकाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।
प्रहरीले गलकोट नगरपालिका वडा नम्बर ११ ठुलपोखरीमा बस्ने ३१ वर्षीय विष्णु श्रीस, सोही स्थानका ३६ वर्षीय लाल बहादुर श्रीस, वर्षीय मोहन श्रीस, ३८ वर्षीय तुल बहादुर श्रीस, ३० वर्षीय यम बहादुर श्रीस, ३५ वर्षीय टंक सुनार, २६ वर्षीय को मनोज श्रीस, ४१ वर्षीय झम काउच, २८ वर्षीय बल बहादुर विक र ४४ वर्षीय बेल बहादुर श्रीसलाई प्रहरीले पक्राउ गरेको छ ।
याे पनि पढ्नुहाेस्
बागलुङमा ट्याक्टरले ठक्कर दिँदा शिक्षिकाको मृत्यु
बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बागलुङ नगरपालिका नम्बर ६ लहरेपिपलमा ट्याक्टर दुर्घटना हुँदा वडा नम्बर ४ पाखाथर की ५२ वर्षीया कमला कुमारी शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक शर्मा स्थानीय काफलठूटा आधारभूत विद्यालयकी शिक्षिका समेत रहेको स्थानीयले बताएको छन् । शिक्षिक शर्मालाई ग १ त ६३०३ नम्बरको ट्याक्टर सिकाउने क्रममा ठक्कर दिदा मृत्यु भएको बताइएको छ । प्रहरीले ट्याक्टर चालक सुरेश नेपाली र सह–चालक भुवन नेपालीलाई नियन्त्रणमा लिएको छ ।