images
images

कायतले दिए बाबाआमाको सम्झनामा दुई सय परिवारलाई खाद्यान्न

कायतले दिए बाबाआमाको सम्झनामा दुई सय परिवारलाई खाद्यान्न

  • जेठ ३१, २०७८ सोमवार
  • १६:१४:०१ बजे
  • 6.2K
    SHARES
  • कायतले दिए बाबाआमाको सम्झनामा दुई सय परिवारलाई खाद्यान्न

    बुर्तिबाङ : ढोरपाटन नगरपालिका ७ का एक युवाले आफनो स्वर्गीय बाबा आमाको सम्झनामा एक लाख २० हजार मुल्य बराबरको खाद्यान्न सहयोग गरेका छन् । बोबाङ निवासी कल्याण कायतले स्वर्गीय बाबा हर्कबहादुर कायत आमा यकमुमारी कायत आमाको सम्झनामा ढोरपाटन नगरपालिका वडा नम्बर ७ का गरिब, बिपन्न, अपाङ्ग तथा एकल महिलाका र जेष्ठ नागरिक गरी कुल दुई सय जनालाई खाद्यान्न सहयोग गरेको बताइएको छ । 

    कोभिड १९ का कारण लामो समयसम्मको निशेधाज्ञाले जेष्ठ नागरिक, अपाङ्गता भएका व्याक्ति र एकल महिलालाई समस्या भइरहेको अवस्थामा आफुले आटा, नुन तेल सहयोग गरेको कायतको भनाई छ । बोबाङमा रहेका १ सय जना नागरिकको लागि सोमबार राहात उपलब्ध गराइ सकिएको र बाँकी १ सय जना हाल ढोरपाटनमा रहेका कारण उनिहरुको घरघरमा पुगेर उपलब्ध गराउने तयारी गरिएको बताए । 

    कायतले विभिन्न समयमा समस्यामा परेका गरिब, विपन्न, दलित तथा एकल महिला र जेष्ठ नागरिकलाई सहयोग गर्दै आएका छन् । उनले गत वर्ष भूजीखोलामा आएको बाढीका कारण समस्यामा परेका पीडितलाई पनि राहत उपलब्ध गराएका थिए ।


    छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार