बागलुङ : भिमगीठे स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्त्रण गरिएको छ । बडिगाड गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष कृष्ण गुरुङको सक्रियतामा हाल अमेरिका बस्दै आएका युवा समाजसेवी सन्तोष गुरुङको पहलमा पठाइएको रकमबाट स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्टेटर मेशिन दुई थान, माक्स, सेनिटाईजर, अक्सोमिटर लगायतका स्वास्थ्य सामग्री खरिद स्वास्थ्य चौकी प्रमुख विपेन्द्र प्रताप केसीलाई हस्तान्त्रण गरिएको हो । वडामा रहेका गरिब, विपन्न परिवारलाई केहिदिन मै खाद्यान्न सहयोग गर्ने वडा अध्यक्ष गुरुङले बताए ।
समाजसेवी सन्तोस गुरुङको पहलमा दुई लाख रुपैयाँ र अन्य सहयोगी दाताहरुबाट ३१ हजर गरी कुल दुई लाख ३१ हजार मुल्यमा स्वास्थ्य सामग्री खाद्यान्न खरिद गरेर वडा नम्बर ७ का गरिब तथा विपन्न परिवारलाई हस्तान्त्रण गरीने बताइएको छ ।