बागलुङ : निरन्तर वर्षाका पहिरो झर्दा ताराखोला गाउँपालिकामा ७ घर परिवार विस्थापित भएका छन् । ताराखोला गाउँपालिका वडा नम्बर ५ मा तीन घर र वडा नम्बर २ मा चार घर विस्थापित भएको प्रहरीले जनाएको छ ।
ताराखोला गाउँपालिका वडा नम्बर ५ का ५० वर्षीय लिलाबहादुर विक, ४५ वर्षीय मिठे विक र ६५ वर्षीय टिकाराम विकको घर पहिरोको उच्च जोखिममा परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए । गाउँपालिकाकाे वडा नम्बर २ को अर्गलमा ४ घरपरिवार विस्थापित भएको ताराखोला
गाउँपालिका वडा नम्वर २ का वडाअध्यक्ष भद्र वहादुर घर्तीले जानकारी दिए स्थानीय भिम बहादुर घर्ती,तुल बहादुर पुन, राजकुमार नेपाली र भिमबहादुर घर्तीको उच्चा जोखिममा परेको हो । घर जोखिममा परेपछि उनीहरुको परिवार विस्थापित भएको बताइएको छ । उनीहरु छिमेकीकोमा आश्रय लिएका छन् ।
यो पनि पढ्नुहोस्
काठेखोलामा आएको बाढी मालढुङ्गामा पुल भत्कियो
केही दिनदेखिको निरन्तर वर्षाका कारणको मालढुङ्गा बाढीले पुल भत्काएको छ । मालढुङ्गा–बलेवा–कुश्मिसेरा सडक खण्डको काठेखोलामा रहेको पुल बाढीले बगाएको हो । मंगलबार राति साढे आठ बजे काठेखोलामा आएको बाढीले पुलको तल्लो भाग बगाएपछि कालिगण्डकी
करिडोरको मालढुङ्गा–कुश्मिसेरा सडक अवरुद्ध भएको बागलुङ नगरपालिका वडा नम्बर १ का वडा सदस्य सूर्य लामिछानेले जानकारी दिए । पुलमा यात्रा गर्नै नमिल्ने गरि भत्किएको लामिछानेको भनाई छ । पुल भत्किएपछि बागलुङको दक्षिण भेगको सिधा यात्रा टुटेको छ । बागलुङ नगरपालिकाको विभिन्न वडाहरु
र जैमिनी नगरपालिका नागरिकलाई यात्रामा समस्या परेको छ । पुल भत्किएपछि बागलुङको दक्षिण भेगमा मालवाहक गाडी तथा तथा बिरामी बोक्ने एम्बुलेन्स ठप्प हुने अवस्था आएको छ । खोलामा पाढीको बहाव बढेपछि पुलमा थप क्षति पुग्ने देखिन्छ ।