पूर्णभद्र निउरे, ताराखोला : ताराखोलामा एक वेवारिसे शव फेला परेको छ । ताराखोला गाउँपालिका वडा नम्बर ४ दल्लानचौरमा माथिबाट खोलाले बगाउदै ल्याएको एक अज्ञात व्यक्तीको शव फेला परेको हो ।
बाढिका कारण अवरुद्ध बनेको मोटर बाटो तथा काठको मोटरेबल पुलको मर्मत गरिरहदा माथिबाट मानिसको शव बगाउदै गरेको देखेपछि तत्काल प्रहरीलाई खबर गरेको ताराखोला गाउँपालिका नरेश केसीले जानकारी दिए ।
२ ढुङ्गा को बिचमा अड्किएको अवस्थामा शव रहेको र इलाका प्रहरीको टोली घटना स्थल तर्फ आउदै गरेको बताइएको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायव निरीक्षक लक्ष्मण न्यौपानेले बताए ।
यो पनि पढ्नुहोस्
कोरोना संक्रमणबाट बागलुङमा एकै दिन थप २ जना को मृत्यु
बागलुङमा एकै दिन थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बडिगाड गाउँपालिका वडा नम्बर २ का ६८ वर्षीय पुरुष र बागलुङ नगरपालिका–३ का ८२ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङ कोभिड १९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । बडिगाड गाउँपालिका
२ का ६८ वर्षीय पुरुषको स्वास्थ्यमा समस्या भएपछि जेठ १९ गते धौलागिरी अस्पतालमा ल्याइएको थियो । उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको घिमिरेको भनाई छ । उनको मंगलबार विहान ११ बजे मृत्यु भएको घिमिरेले जानकारी गराए ।त्यस्तै बागलुङ नगरपालिका वडा नम्बर ३ का पुरुषको
स्वास्थ्यमा समस्या भएर सोमबार अस्पताल पुगेका थिए । उनको मंगलबार मृत्यु भएको घिमिरेले जानकारी दिए । बागलुङमा पछिल्लो केही दिन यता संक्रमण दर घट्दै गएइ रहेको छ भने मृत्युदर पनि कम भएको थियो । अहिले जिल्लाभर जम्मा सक्रिय संक्रमित ३ सय जना सक्रिय संक्रमित छन् ।