गलकोट : गलकोट नगरपालिका कार्यालय र ११ वटै वडा का ५८ जना कर्मचारीहरुले आर्थिक रकम संकलन गरि करिब १ लाख २५ हजार बराबरको स्वास्थ सामग्री नगरपालिकालाई हस्तान्तरण गरेको छन् । उनीहरुले तातोचिसो पानी फिल्टर १ थान, स्पाइरो मिटर ७० थान, पिपिइ ४० थान,
एन ९५ मा माक्स १० पिस, ग्लोब्स ७ प्याक, सर्जिकल माक्स ८ प्याक लगायतका सामग्रीहरु नगरपालिकालाई हस्तान्तरण गरका हुन् । स्वास्थ्य सामाग्री ग्रहण गर्दै नगर प्रमुख भरत शर्मा गैरेले सहयोग गर्ने सम्पुर्ण कर्मचारीहरुलाइ धन्यवाद व्यक्त गर्दै वर्तमान अवस्थामा चलिरहेको महामारीलाई नियन्त्रण गर्न स
बैले हातेमालो गर्नुपर्ने बताए । महामारी नियन्त्रण र रोकथामका लागि कर्मचारीहरुको महत्वूर्ण भुमिका रहेको भन्दै सम्पुर्ण राष्ट्र सेवक कर्मचारीहरु एक भएर अगाडी बढ्नु पर्ने बताए । उक्त सामग्री नगर अस्पताल हरिचौर र प्रत्येक वडाहरुमा रहेका स्वास्थ्य संस्था र नगरपालिकामा रहेको स्वास्थ
शाखामा वितरण गरिने सव इन्जिनियर महेश विष्टले जनकारी दिए । कार्यक्रम कर्मचारी बलाराम अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।