images
images

पूर्वमाओवादी खेमाका ५ मन्त्रीको सामूहिक राजीनामा दिने तयारी

पूर्वमाओवादी खेमाका ५ मन्त्रीको सामूहिक राजीनामा दिने तयारी

  • पौष ५, २०७७ आइतवार
  • १४:३९:२६ बजे
  • 4.4K
    SHARES
  • पूर्वमाओवादी खेमाका ५ मन्त्रीको सामूहिक राजीनामा दिने तयारी

    काठमाडौं : संसद विघटनको सिफारिसको विरोध गर्दै वर्तमान मन्त्रिपरिषदका ५ सदस्यले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

    पूर्वमाओवादी खेमाबाट मन्त्री बनेका ५ जनाले सामूिहक राजीनामा दिने तयारी गरेको स्रोतले बताएको छ । उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत,

    शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव राजीनामा दिने तयारीमा छन् ।

    ‘संसद विघटन गर्ने भएपछि मन्त्रिपरिषदमा के बस्ने भनेर हामीले नै भनेका हौं’ एक मन्त्रीले भने, ‘स्थायी कमिटी बैठक बस्दैछ ।

    त्यसपछि एउटा  निर्णयमा पुग्छौं ।’ वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका मन्त्रीहरुले भने राजीनामा दिने नदिने टुंगो भएको छैन ।

     

    सम्बन्धित समाचार