स्वर्गीय राजु सुवेदीको परिवारलाई राहत रकम हस्तान्तरण

स्वर्गीय राजु सुवेदीको परिवारलाई राहत रकम हस्तान्तरण

  • आषाढ १९, २०७८ शनिवार
  • १७:३२:२७ बजे
  • 5.1K
    SHARES
  • स्वर्गीय राजु सुवेदीको परिवारलाई राहत रकम हस्तान्तरण

    गलकोट : निलुवा समाज चमुवा जापानले गलकोट नगरपालिका वडा नम्बर ४ का स्वर्गीय राजु सुवेदीको परिवारलाई १३ लाख ९२ हजार १ सय २३ रुपैयाँ आर्थिक राहत रकम हस्तान्तरण गरेको छ । राहत रकम हस्तान्तरण गर्दै गलकोट नगरपालिका वडा नम्बर ४ का अध्यक्ष बल बहादुर खत्रीले यस

    अभियानको नेतृत्व गर्ने निलुवा समाज जापान लगायत सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिँदै समाजले गरेको सहयोगबाट पीडितलाई ठूलो राहत पुग्ने बताए । जटिल रोगका कारण अचानक गत बैसाख ३ गते उपचारको क्रममा निधन भएका सुवेदीको परिवारमा आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको र राजु कै आश्रतिमा रहेका

    ३ छोरी र श्रीमतीहरुलाइ पढाइलेखाइ र लालनपालनमा सहयोग पु¥याउने उद्देश्यले समाजको नेतृत्वमा जापान, नेपाल लगायत विभिन्न देसशमा आर्थिक  राहत सङकलन गरि हस्तान्तरण गरिएको निलुवा समाज चमुवा जापानका अध्यक्ष थम बहादुर क्षेत्रीले जानकारी दिए । निलुवा समाज चमुवा जापानका वरिस्ठ उपाध्यक्ष

    चेतराम सुवेदीको उपस्थितमा  निलुवा पर्यटकीय क्षेत्र प्रवर्द्धन केन्द्रसंग समन्वय गरि कार्यक्रमका बीच मृतक राजु सुवेदीको श्रीमती जमुना सुवेदीलाई उक्त रकम हस्तान्तरण गरिएको हो । निलुवा पर्यटकीय क्षेत्र प्रवर्दधन केन्द्रका कोषाध्यक्ष विकास सुवेदीले जानकारी दिए ।


    ईश्वर सुवेदी

    उहाँ बागलुङ पाेस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार