बाढी/पहिराे

ताराखोलामा बाढीमा परि एक जना बेपत्ता, घुस्मेली बजार जोखिममा

ताराखोलामा बाढीमा परि एक जना बेपत्ता, घुस्मेली बजार जोखिममा

  • आषाढ २३, २०७८ बुधवार
  • ०६:५७:४१ बजे
  • 15.6K
    SHARES
  • ताराखोलामा बाढीमा परि एक जना बेपत्ता, घुस्मेली बजार जोखिममा

    पुर्णभद्र निउरे, ताराखोला : निरन्तर वर्षाका कारण ताराखोलामा बाढी पहिरोले एक जनालाई बगाएको छ । मंगलबार राति वर्षासँगै आएकाको बाढि र पहिरोले जिल्लाको ताराखोला गाउँपालिका वडा नम्बर ३ हिल घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्की पहिरोमा परि सम्पर्क बिहिन रहेको इलाका प्रहरी कार्यालय

    ताराखोलाका प्रहरी प्रमुख सई लक्ष्मण न्यौपानेले जानकारी दिए । बढिले स्थानीय चन्द्र कार्कीको ४१ वटा बाख्रा पुरेको छ । जस मध्ये अहिलेसम्म १० वटा जिवित र २७ वटा मृत बाख्रा निकालिएको प्रहरीले जनाएको छ । वर्षाका कारण इदि टोलबाट झरेको पहिरो र बाढीले स्थानीय ध्रुव खत्रीले संचालन गरेको एक रेष्टुरेन्ट समेत बगाएको छ ।

    बाढी संगै खोलामा पानीको बहाब बढेर घुस्मेलि बजार क्षेत्रमा पस्न थालेको स्थानीयको भनाई छ । बजार क्षेत्रका करिब २५ घर परिवारलाई रातिनै सुरक्षित स्थानमा सारिएको छ । उद्दारका लागि इलाका प्रहरी कार्यालय गलकोट बाट  प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरीको थप  टोली घटनास्थलमा पुग्दै गरेको बताएको छ ।

    यो पनि पढ्नुहोस् 
    बुर्तिबाङमा कोरोना संक्रमित महिलालाई शल्यक्रिया मार्फत सुत्केरी गराइयो
    बागलुङको बुर्तिबाङमा पहिलो पटक एक कोरोना संक्रमित महिलालाई शल्यक्रिया मार्फत सुत्केरी गराइएको छ । ढोरपाटन नगरपालिका वडा नम्बर ७ की २१ वर्षीय महिलाको शल्यक्रिया मार्फत सुत्केरी गराइएको हो । लामो समयसम्म सुत्केरी व्यथाले छटपटाएकी महिलाको बुर्तिबाङ

    प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले शल्यक्रिया मार्फत बच्चा निकालिएको हो । बुर्तिबाङ प्राथमिक स्वास्थ केन्द्रका डा। अनिल के।सी, एनएस ठेसिया जनस्वास्थ्य निरीक्षक केशव थापा तथा वटी नर्स शान्ती पौडेल, पार्वती अर्याल र बोनीसा घर्तीको टोलीले अप्रेशन मार्फत सफल रुपमा बच्चा निकालेको डा। केसीले बताए । 

    ति युवती आईतबार लामो व्यथा लागेपछि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी थिइन । एन्टिजेन विधिबाट गरिएको परीक्षण्मा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई स्वास्थ्य केन्द्रमा राखेर उपचार अगाडी बढाइएको थियो । शल्यक्रिया पश्चात अहिले बच्चा र आमाको

    स्वास्थ्य अवस्था सामान्य रहेको एनएस ठेसिया जनस्वास्थ्य निरीक्षक केशव थापाले जानकारी दिए । कोभिड १९ प्रभाव जारी रहेको सन्दर्भमा स्वास्थ्यकर्मीले सक्रिय रुपमा बिरामीको हेरचाहसँगै सफल उपचार गरेका हुन् । 

  • सम्बन्धित विषय:

  • # बाढी पहिरो

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार