बागलुङ : जिल्लाको बरेङ गाउँपालिकाको बरेङ बजारमा खानेपानीको सुधार हुन सकेको छैन ।
विभिन्न ३ वटा खानेपानी योजनाहरु सम्पन्न भए पनि बजारबासीहरुमा खानेपानीको समस्या हिउँद तथा बर्खाको समय पनि समस्यामा रहेको छ । झुले खानेपानी आयोजना, घोरघोरे खानेपानी आयोजना र तङ्ग्राम लिफ्टिङ खानेपानी आयोजना बरेङ बजारमा रहे पनि बजारवासीले खाने पानीको समस्या झेल्दै आएका छन ।
बरेङ बजारमा यो समस्या नयाँ होईन यहाँ रहेको बजार व्यवस्थापन समिती, खाने पानी उपभोक्ता समितीहरुले पटक पटक छलफल गरे पनि खानेपानीको सुधार गाउँपालिकाले नगरेको गुनासो आईरहेको छ ।
गाउँपालिका र आयोजना सम्पन्न गर्ने कम्पनीहरुले बजार भित्र खानेपानी भित्रिए पछि टोलटोलमा धारा व्यवस्थापन र सानोतिनो समस्या उपभोक्तहरुले सुधार गर्नुपर्ने बताउँछन् । टोल टोलमा उपभोक्तहरुले धारा व्यवस्थापन गर्न पनि नसकेको अवस्था रहेको र गाउँपालिकालाई मात्र गुनासो सुनाउने गरेको गाउँपालिकाले बताएको छ ।
खानेपानीको बिस्तार अस्थाई रुपमा प्रयोग गर्दै आईरहेको बरेङ बजारमा पाईप अस्थाई रुपमा बिछ्याईएकोले पाईप जडानमा फुट्ने, निर्माण कार्यहरुले अति व्यस्त रहदाँ खानेपानीको समस्या बढ्ने गरेको छ ।
सामान्य समस्या आई पर्दा सम्बन्धित निकायको ध्यान नजाँदा खानेपानीको समस्या उपभोक्तहरुमा परेको छ ।
उपभोक्तहरुले वार्षिक रुपमा कर्मचारी सञ्चालन गर्नको लागी लाग्ने दस्तुर समयमै खानेपानी उपभोक्ता समितीलाई उपलव्ध गराए पनि कर्मचारी राम्रोसंग परिचालन गर्न नसकेको पनि उपभोक्तहरुबाट गुनासो बढेको छ ।
बरेङ बजारको खानेपानी समस्या निराकरण गर्न सम्बन्धित सरोकारवालाहरुको ध्यान जानु देखिएको छ ।