टेलिकमको भोल्टी सेवा प्रती ग्राहकको आकर्षण

टेलिकमको भोल्टी सेवा प्रती ग्राहकको आकर्षण

  • श्रावण २५, २०७८ सोमवार
  • ११:३४:०५ बजे
  • 8.4K
    SHARES
  • टेलिकमको भोल्टी सेवा प्रती ग्राहकको आकर्षण

    थम्मन थापा

    काठमाडौं : चौथो पुस्ताको मोवाइल सेवा फोर जी मा नेपाल टेलिकमले भोल्टी सेवा सन्चालन गरे सँगै प्रयोगकर्ताको दिनहुुँ वृद्धि हुँदै गइरहेको नेपाल टेलिकमले जनाएको छ । डायल गर्ना साथ फोन लाग्ने, गुणस्तरीय आवाज अनि ईन्टरनेट बिना भिडियो कल हुने भएकोले भोल्टी प्रती ग्राहाकको आकर्षण बढ्दै गएको हो । 

    नेपाल दूरसञ्चारको सेवा पहिला सहर हुँदै गाउमा फैलने हो । सहरमा सेवाग्राही धेरै हुने भएकाले नयाँ आउने सेवा सुरुमा त्यहीँ लागू गरिन्छ । तर यो लामो समय एकै ठाउँ सीमित रहँदैन, केही समयमै सबैतिर फैलिहाल्छ ।

    टावर ठड्याएकै भरमा टेलिकमको सेवा दूरदराजसम्म पुग्ने होइन । माइक्रो अथवा सेटलाइट कनेक्सन दिएपछि बल्ल सेवाग्राहीको पहुँचमा हुन्छ । फाइबर पनि त्यस्तै हो । अहिले फाइबर गयो, टावर छ तर पनि सेवा पाइएन भन्ने गुनासो छ ।

    त्यसका लागि ‘कनेक्टेड’ हुनुपर्छ । तर नेपाल टेलिकमको हकमा सरकारी स्वामित्व भएकाले सेवा विस्तारमा थुप्रै प्रक्रियाहरू पनि पार गर्नुपर्छ । त्यससँगै सामान खरिद प्रक्रिया पनि अलि झन्झटिलो छ । अरूसँग प्रतिस्पर्धा गर्नु त छँदै छ ।

    हामी अहिले जीएसएम मोबाइल चलाउँछौं । हामीले सुन्दै आएको टुजी, थ्रीजी र फोरजी भनेको डेटाको स्पिड हो । यसमा भ्वाइसको कुनै अर्थ छैन । फोरजी डेटाबाट इन्टरनेट चलाउन आएको प्रविधि हो ।

    के हो भोल्टी सेवा ?

    अहिले नेपाल टेलिकमले पहिलोपटक भोल्टी सेवा सुरु गरेको छ । हाइस्पिडको डेटामा सानो भ्वाइसको पार्ट त्यससँग जोडिएर जान्छ, त्यसैलाई भोल्टी भनिन्छ । तर सबैले भोल्टी सेवा प्राप्त गर्छन् भन्ने हुँदैन । यसका लागि मोबाइल सेट पनि त्यसैअनुसारको हुनुपर्छ ।

    त्यसैले भोल्टी सेवा लिन चाहनेले मोबाइल सेट किन्दा नै ख्याल गर्नुपर्छ ।

    अबको सुलभ प्रविधि भनेको चाहिँ भोल्टी नै हो । त्यसैले स्मार्ट फोन किन्दा भोल्टी छ कि छैन, कन्फर्म हुनुहोस् ।

    अहिले यो सेवा देशका ७७ जिल्लामै छ । यसमार्फत उच्च गुणस्तरको भ्वाइस कल र फोरजी डेटा सेवा प्रयोग गर्न सकिन्छ । यसलाई एचडी क्वालिटी भनिन्छ ।

    कुनै ठाउँमा नेटवर्क नआउने हुन्छ तर यसमा त्यो हुँदैन । भ्वाइस कल गरिरहेको बेलामा पनि डेटा चलाउन सकिन्छ । डायल गर्नासाथ तुरुन्त कल कनेक्ट हुन्छ ।

    कसरी चलाउने ?

    भोल्टी प्रयोग गर्न सुरुमा आफ्नो सिमकार्ड र मोबाइल सेट दुवैमा यो सेवा ‘एक्टिभ’ गर्नुपर्छ । सिमकार्डमा भोल्टी एक्टिभ गर्न *444# डायल गरी सम्बन्धित अप्सन छनोट गर्नुपर्छ । यसका लागि निम्न तरिका अपनाउन सकिन्छ :

    एन्ड्रोइडका लागि  Settings –> Mobile Networks मा गई VoLTE Enable गर्नपर्छ ।

    आइफोनका लागि  Settings ->Cellular ->Cellular Data Option -> Voice & Data -> select LTE  प्रक्रिया पूरा गरेपछि भोल्टी enable गर्नपर्दछ ।

    त्यसपछि मोबाइल नेटवर्क मोडमा”4G/3G/2G (Auto)” छनोट गर्नुहोस् । दुईवटा सिमकार्ड लाग्ने मोबाइल सेट प्रयोग गर्नुहुन्छ भने नेपाल टेलिकमको फोरजी सिमकार्ड फोरजी सपोर्ट गर्ने स्लटमा राख्नुहोस् । मोबाइल सेटको ब्रान्ड मोडेलअनुसार सेटिङमा केही फरक भने हुन सक्छ ।

    rajesh_joshi_ntc.jpg

    मोबाइल सेटमा भोल्टी सेवा छ–छैन कसरी थाहा पाउने ?

    एन्ड्रोइड प्रयोगकर्ताहरूले भोल्टीमा कनेक्ट भएको समयमा आफ्नो सेटमा नेटवर्क देखाउने चिह्नको छेवैमा एमडी वा भोल्टी लेखिएको देख्न सक्नुहुन्छ ।

    यसै गरी *४४४# डायल गरेर पनि भोल्टी भए/नभएको थाहा पाउन सकिन्छ । भोल्टी सेवा एक्टिभ गर्दा कुनै शुल्क लाग्दैन । यसबाट कुरा गर्दा भने टुजी, थ्रीजीसरहकै महसुल लाग्छ । भोल्टी कल गर्न छुट्टै प्याक लिनुपर्दैन । भएकै प्याकहरूबाट प्रयोग गर्न सकिन्छ ।

    सुरुमा भोल्टी एक्टिभ गरिसकेपछि *१११# वा १४४४ डायल गरी एक सय मिनेट फ्री भ्वाइस कल पाइन्छ । उक्त प्याक २८ दिनभित्र नेपाल टेलिकमका कुनै पनि नम्बरमा कल गर्न प्रयोग गर्न सकिन्छ । भोल्टीबाट कल गर्दा कुनै पनि डेटा खर्च हुँदैन ।

    फाइबर के हो ?

    फाइबर हामीले ६० जिल्लामा पु¥याएका छौं । एउटा फाइबरबाट तीनवटा सेवा उपलब्ध छन्– डेटा, भ्वाइस र टेलिभिजन । एउटै फाइबरबाट तीनवटा काम हुने भएकाले घरमा धेरै तार तान्न पर्दैन । एकैपटक बिल तिर्न पनि सहज हुन्छ ।

    अर्को कुरा हामी देशभर सेवा विस्तारको चरणमा छौं । धेरै घरहरू र खोच भएका कतिपय ठाउँमा भित्रपट्टि नेटवर्कले काम नगर्न सक्छ । त्यसका लागि नेटवर्क अक्टिमाइज गर्नुपर्छ । त्यो गाह्रो काम हो । त्यसका लागि फेरि नयाँ टावर राख्नुपर्छ । कुनै ठाउँमा नेटवर्क देखाएपछि काम नगरेको हुन सक्छ । तर सानो एरियामा हुन सक्छ ।

    4G नेटवर्कको VoLTE र डाटा सर्भिस टेलिकमले Band 3 (1800MHZ) र Band 20 (800MHZ) मा उपलब्ध गराएको छ । ८०० मेगाहर्ज सिग्नल टाढा टाढा सम्म पुग्ने हुनाले ग्रामिण क्षेत्रमा समेत यो प्रभावकारी हुने टेलिकमले जनाएको छ । प्रयोगकर्ताले अब मोवाइल सेट खरिद गर्दा 4G को २ वटा बेण्ड सपोर्ट गर्ने मोवाइल सेट लिदा यसको लाभ लिन सकिन्छ । यो जानकारी लिन आफुले खरिद गर्न लागेको मोवाइल सेटको IMEI number नेपाल टेलिकमको वेभसाइट https://www.ntc.net.np/post/volte मा गएर Check 4G compability क्लिक गरेर सुनिश्चित गर्न सकिने छ ।

    साथै 4G VoLTE सेवा सम्वन्धी कुनै जिज्ञासा भएमा ग्राहक सेवा केन्द्रको नम्बर १४९८ मा सम्पर्क गरेर पनि बुझ्न सकिने नेपाल टेलिकमले जनाएको छ ।

    सम्बन्धित समाचार