images
images

प्रहरी इन्सपेक्टरलाई मोटरसाईकलले ठक्क्र दिएपछि ...

प्रहरी इन्सपेक्टरलाई मोटरसाईकलले ठक्क्र दिएपछि ...

  • श्रावण २६, २०७८ मंगलवार
  • १३:१०:३५ बजे
  • 1.7K
    SHARES
  • प्रहरी इन्सपेक्टरलाई मोटरसाईकलले ठक्क्र दिएपछि ...

    काठमाडौं : नवलपरासीमा मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) कपिल वाग्लेको मृत्यु भएको छ ।

    तनहुँको म्याग्दे गाउँपालिका ४ घर भएका ४३ वर्षीय वाग्लेको गएराति रुपन्देहीको भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।उनी इलाका प्रहरी कार्यालय बर्दघाटका इन्चार्ज थिए । बर्दघाट नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा हिंडिरहेको बेला उनलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले गएराति सवा आठ बजेतिर ठक्कर दिएको थियो ।

    ठक्करबाट गम्भीर घाइते भएपछि उनलाई उपचार गर्न भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा लगिएको थियो । उनको राति १० बजेर ५७ मिनेटमा मृत्यु भएको डिएसपी राजु लामाले जानकारी दिए ।

     

  • सम्बन्धित विषय:

  • # प्रहरी इन्सपेक्टर
  • # मोटरसाईकल

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार