images
images

एकताका लागि अन्तिम प्रयत्न भइरहेको माधव नेपालको भनाई 

एकताका लागि अन्तिम प्रयत्न भइरहेको माधव नेपालको भनाई 

  • भाद्र १, २०७८ मंगलवार
  • १७:०७:०७ बजे
  • 2.0K
    SHARES
  • एकताका लागि अन्तिम प्रयत्न भइरहेको माधव नेपालको भनाई 
    फाइल तस्बिर

    काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताका लागि अन्तिम प्रयत्न भइरहेको बताएका छन् ।

    काठमाडौंमा उपलब्ध आफ्नो समूहका केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले एकताको अन्तिम प्रयत्न भइरहेको बताए । त्यसका लागि उपमहासचिव घनश्याम भुसालले सम्वाद गरिरहेको समेत नेता नेपालले जानकारी दिए ।


    तर अध्यक्ष ओलीले सांसदहरुलाई कारबाही गर्ने, केन्द्रीय कमिटीको विवरणहरु पठाउने जस्ता गतिविधि गरे नयाँ पार्टी बनाएर अघि बढ्ने उनले बताएका छन् ।

    बैठकमा केन्द्रीय सदस्यहरुमध्ये ठाकुर गैरे मात्र बोलेका थिए । उनले नेता नेपाललाई विष पिएर भए पनि पार्टीको एकता जोगाउन आग्रह गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • # एकता

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार