सुर्खेत र रुपन्देहीमा बालिकाहरू बलात्कार गरेको आरोपमा तीन युवा पक्राउ परेका छन् ।सुर्खेतमा १२ वर्षीया बालिका बलात्कारको आरोपमा हुम्ला सर्केघाट गाउँपालिका–७ बस्ने १९ वर्षीय प्रकाश जैशी
र सोही ठाउँ बस्ने २० वर्षीय रामकृष्ण जैशीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । बालिकालाई ललाई फकाई वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेस्थित खुल्ला चौरमा लगेर उनीहरुले बलात्कार गरेको नगर प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । यस्तै, रुपन्देहीमा ५ वर्षीया बालिका बलात्कारको आरोपमा
बुटवल उपमहानगरपालिका–१२ हरियाली बस्ती बस्ने बर्दिया राजापुर नगरपालिका–६ टपरा घर भएका ३३ वर्षीय निर्मल चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
याे पनि पढ्नुहाेस्
सात जना फरार प्रतिवादी पक्राउ
प्रहरीले पर्साबाट सात जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ का ४० वर्षीय मनोज रानामगर, ३५ वर्षीय अनिल सहनी, ४० वर्षीय किशोर सहनी, ५० वर्षीय भरत सहनी, छिपहरमाई गाउँपालिका-१ का ५२ वर्षीय शेखर महतो र ५१ वर्षीय रामेश्वर कुशवाह छन्।
प्रहरीका अनुसार उनीहरूमध्ये महतो र कुशवाह चरेस कारोबारको मुद्दामा फरार थिए।रानामगर ज्यान मार्ने उद्योग र अन्य सवारी ज्यान मुद्दामा फरार थिए। उनीहरूलाई पोखरिया तथा एकटाँ गाबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।
यसैगरी, प्रहरीले अपहरण तथा शरीरबन्धक मुद्दाका फरार वीरगन्ज नगरपालिका-२९ का ४० वर्षीय बुधनराम चमारलाई शनिबार पक्राउ गरेको छ। २०७३ सालमा अदालतले उनलाई ९ वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना सुनाएयता फरार थिए।
भारतीय नागरिक रितेश कुमारलाई अपहरण गरी फिरौती रकम मागेको प्रकरणमा उनीमाथि मुद्दा चलेको थियो।