बागलुङ : बागलुङको बरेङ गाउँपालिकामा कोभिड—१९ कोरोना भाईरस सक्रिय सङ्क्रमणको संख्या घट्दो क्रम रहेको छ ।
साउन महिनामा सक्रिय सङ्क्रमणको संख्या बढेपछि निशेधाज्ञा नै जारी गरेको पालिका भरिका नागरिकबीच बरेङ गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ शाखा, इलाका प्रहरी कार्यालय बरेङडाँडाको सहकार्यमा विभिन्न स्वास्थ मापदण्डका सचेतना मुलक कार्यक्रमहरु सञ्चालनमा रहेका छन । नागरिक पनि धेरै सचेत रहेको पनि आँकलन गरिएको छ ।
हाल सामुदायिक अस्थायी कोभिड अस्पताल बरेङमा ५ जना सक्रिय सङ्क्रमित उपचाररत रहेका छन ।
अस्थायी कोभिड अस्पतालमा उपचाररत सङ्क्रमितहरुको स्वास्थ सेवादेखि उनीहरुको खानपानको समेत गाउँपालिकाले सेवा प्रवाह गरिरहेको छ । सोमबार मात्र अस्थायी कोभिड अस्पताल बरेङबाट निको भई डिस्र्चाज भएका ४५ वर्षिय महिला आशा बर्मा क्षेत्रीले अस्पतालमा बस्दा २४ सै घण्टा सेवामा खटिएका डाक्टर लक्ष्मी पन्थी सहित स्वास्थकर्मीहरुको सेवा सविधा पाएको र
खानपानको सेवा सुविधा पनि अत्यन्तै राम्रो रहेकोले सम्पूर्ण स्वास्थ टोली र व्यवस्थापनमा सहयोग गरी व्यवस्थित गर्ने सिंगो गाउँपालिका प्रति आफु आभारी रहेको बताईन् ।
अस्थायी कोभिड अस्पतालमा उपचाररत सङ्क्रमितहरुले पनि समय समयमा स्वास्थकर्मीहरुको अतुलनिय सेवा पाईरहेको, डा. पन्थीको सल्लाह अनुसार बिरामीहरुको भोजनको साप्ताहिक वर्गिकरण अनुसार बिहानको नास्तामा गेडागुडीको झोल, अण्डा, रोटी, फलफुल खानामा भात, दाल, हरियो सब्जी लगायत हप्तामा २ दिन लोकल कुखुराको मासु र दिउसो खाजामा समोसा, आलुपराठा, अण्डा, चिकेन म.म. साथै पुरी तरकारी उपलव्ध रहेकोले व्यवस्थापन धेरै राम्रो रहेको बताएका छन ।
खाजा देखि भोजनसम्मको व्यावस्थापन गर्ने प्रतिमा होटल बरेङका प्रोपाईटर टिकाराम पौडेलले बिरामीहरुलाई साप्ताहिक वर्गिकरण अनुसारको भोजन उपलव्ध गराउन निशेधाज्ञाको कारण कठिन परिस्थिती परे पनि गाउँघरमै पाईने अर्गानिक उत्पादनमा निर्भर रहेको बताए ।
बिरामीहरुको उपचारको लागि स्वास्थ क्षेत्रमा जरुरी पर्ने स्वास्थ सामाग्री स्वास्थ शाखाले सकेसम्म उपलव्ध गराउन प्रयत्न गरेको बरेङ स्वास्थ शाखा प्रमुख पदम बहादुर पुनले बताए ।
गाउँपालिकाका उपचाररत सक्रिय सङ्क्रमितहरुलाई गत वर्ष जस्तै यो वर्ष पनि स्वास्थ सेवा तथा सक्रिय सङ्क्रमितहरुको लागी अस्थाई कोभिड अस्पतालसम्म ल्याउने यातायात सुविधा र खानपानको व्यवस्था गाउँपालिकाले निःशुल्क गरेको तर निको
भैसकेपछि यातायात स्वयंले व्यावस्थापन गर्नुपर्ने बरेङ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी गराए ।