images
images

गण्डकीमा थप १२ जना कोरोना संक्रमितको मृत्यु

गण्डकीमा थप १२ जना कोरोना संक्रमितको मृत्यु

  • भाद्र ९, २०७८ बुधवार
  • १८:४१:३४ बजे
  • 2.3K
    SHARES
  • गण्डकीमा थप १२ जना कोरोना संक्रमितको मृत्यु
    फाइल तस्बिर

    पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा थप १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा कास्कीका ७ जनासहित स्याङ्जाका २ जना, बागलुङ, पर्वत र तनहुँका १÷१ जना छन् ।

    योसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५९ पुगेको छ । गण्डकीका कोरोना दोस्रो लहर वैशाखयता मात्रै १ हजार ५२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो दुई हप्तादेखि गम्भीर संक्रमितको संख्यामा वृद्धि भएको छ ।


    संक्रमितको संख्यासँगै मृत्युदर बढेपछि प्रदेश स्वास्थ्य मन्त्रालयले अध्ययन प्रतिवेदन तयार गर्न समिति गठन गरेको छ । समितिले बुधबार साँझसम्म प्रतिवेदन मन्त्रालयमा बुझाउने तयारी रहेको मन्त्रालयका प्रवक्ता डा. रामबहादुर केसीले जानकारी दिए । उनले प्रदेशले स्वास्थ्य नीति समेत तयार पार्न लागेको जानकारी दिएक छन् ।

    गण्डकीमा पछिल्लो २४ घण्टामा ४९६ जना संक्रमित थपिँदा ३८० जना संक्रमित निको भएका छन् । योसँगै प्रदेशभर ४ हजार ३९८ जना सक्रिय संक्रमित छन् । जसमध्ये ३ सय बढी संक्रमित अस्पतालमा उपचाररत छन् ।

  • सम्बन्धित विषय:

  • # गण्डकी
  • # कोरोना संक्रमित

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार