१२ वर्षीय बालिकालाई बलात्कार गर्ने पुरुष पक्राउ

१२ वर्षीय बालिकालाई बलात्कार गर्ने पुरुष पक्राउ

  • आश्विन ७, २०७८ बिहिवार
  • ०७:१२:०१ बजे
  • 4.4K
    SHARES
  • १२ वर्षीय बालिकालाई बलात्कार गर्ने पुरुष पक्राउ
    सांकेतिक तस्बिर

    जनकपुरधाम : १२ वर्षीय बालिकालाई बलात्कार आरोपमा प्रहरीले धनुषाको धनुषाधाम नगरपालिका-५ (पर्वता)का एक वृद्धलाई पक्राउ गरेको छ। ६० वर्षीय ती बृद्धले बालिकालाई पैसाको लोभ देखाएर बलात्कार गरेको प्रहरीले जनाएको छ। 

    ईलाका प्रहरी कार्यालय धनुषाधाम अनुसार केहि दिन पहिले दिउसो १०स्११ बजे बलात्कार भएको थियो। प्रारम्भिक अनुसन्धानमा धनुषाधाम नगरपालिका-५ (पर्वता)का पल्टु मण्डलले बालिकालाई एक हजार रुपैयाँ दिन्छु भन्दै फकाएर घाँस काट्न गएको समयमा बलात्कार गरेको खुलेको हो। 

    सोमबार राती धनुषाधाम प्रहरीले मण्डलाई घरबाट नै पक्राउ गरेको छ। पक्राउ परेका ती व्यक्तिलाई ईलाका प्रहरी कार्यालय धनुषाधाममा राखी अनुसन्धान सुरु गरिएको छ। उनीमाथि जबरजस्ती करणीअन्तर्गत मुद्दा चलाईएको ईलाका प्रहरी कार्यालय धनुषाधामका ईन्चार्ज सुरेश ठाकुरले बताए। 

    ती व्यक्तिले जवरजस्ती करणी गरिरहेको भिडियो एक स्थानीय युवकले मोबाईलमा कैद गरेका थिए। उनले कैद गरेको भिडियो स्थानिय स्तरमा भाईरल भएपछि प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको पिडित परिवारले बताए। पिडित बालिकालाई मेडिकलको लागि प्रादेशिक अस्पताल

    ल्याइएपनि स्वास्थ्य परिक्षण हुन नसकेको पिडित परिवारले जनाएको छ। यता, धनुषाधाम ५ का वडा अध्यक्ष इन्दल महतोले घटनासँग जोडिएकाहरुको कानूनी कारवाही हुनु पर्नेमा जोड दिएका छन्।

  • सम्बन्धित विषय:

  • # बलात्कार

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार